बेलायतले धेरै मुलुकहरुको आग्रह सही रुपमा सामना गरी लुटेका पूरातात्विक वस्तुहरु फिर्ता गर्नुपर्छ
2023-11-28 17:47:50cri
Share with:

बेलायतको लण्डनको रासेल चोकमा विश्वको एउटा प्रसिद्ध संग्रहालय अर्थात ब्रिटिस संग्रहालय रहेको छ। यस संग्रहालयमा रहेका ८० लाख भन्दा बढी पूरातात्विक वस्तुहरुमध्ये प्रायजसो अरु देशबाट लुटिएका हुन्। धेरै वर्षयता धेरै मुलुकहरुले बेलायतलाई ती पूरातात्विक वस्तुहरु फर्काउन आग्रह गर्दै आएका छन्।

संयुक्त राष्ट्र संघीय युनेस्कोको अपूर्ण तथ्यांक अनुसार, चीनबाट विदेशमा पुर्‍‍याइएका पूरातात्विक वस्तुहरुको संख्या कम्तीमा १६ लाख ४० हजार रहेको छ। ब्रिटिस संग्रहालय सबैभन्दा बढी चिनियाँ पूरातात्विक वस्तुहरु संचय गरेका संग्रहालयहरुमध्येको एक हो। यी पूरातात्विक वस्तुहरु फिर्ता लिन चीन लगायत धेरै मुलुकहरुले अथक प्रयास गर्दै आएका छन्। तथापि बेलायतले “पूरातात्विक वस्तुको सुरक्षा” को संरक्षणको निहुँ लिएर अस्वीकार गरेको छ।

उपनिवेशी युग गइसकेको छ। बेलायतले धेरै मुलुकहरुको न्यायपूर्ण आग्रह सही रुपमा सामना गरी लुटेका पूरातात्विक वस्तुहरु छिटै फिर्ता गर्नुपर्छ। ब्रिटिस संग्रहालयमा रहेका अरु देशका पूरातात्विक वस्तुहरु घर फर्किने बेला भयो। बेलायतको उपनिवेशको कालो इतिहास चौतर्फी रुपमा इतिहास बन्नुपर्छ।