#अल्पसंख्यक जाति# बिल्कुल सुन्दर "अज्ञात ठाउँ"मा मानिस पुग्ने
2023-11-28 15:41:27cri
Share with:

तिब्बतको यात्रा म्यापमा चाता जिल्ला निकै विशेष ठाउँ हो। हरेक पर्यटक त्यहाँ जानखोजे तापनि हरेकले त्यहाँ पुग्न पाउँदैन।

चाता जिल्ला आली क्षेत्रको सिमा क्षेत्रमा पर्दछ। त्यसलाई “पश्चिमी तिब्बतको अज्ञात ठाउँ” मानिएको छ। त्यहाँ विश्व स्तरीय प्रकृति तथा मानव दृश्य छन्। त्यो यात्रा उत्साहीको मनमा सधैं गन्तव्य क्षेत्र हो।

आजको अल्पसंख्यक जाति कार्यक्रममा म यस ठाउँको बारेमा जानकारी दिन चाहन्छु।

नं ५६५ राजमार्गलाई चाता सम्पर्क राजमार्ग पनि भनिन्छ। यो एकलै राजमार्गतिर वरिपरि पठारभूमिको सुन्दर दृश्य ज्यादै ध्यानाकर्षक छ। त्यहाँ “चीनमा एउटा मात्रै र विश्वमा विशिष्ट” चिनियाँ राष्ट्रिय थुलिन भूविज्ञान पार्क पर्दछ।

 

ट्रक चालक ट्रासीका अनुसार, पहिला दशौं किमीको कच्ची बाटोमा गाडी चलाउँदा ज्यादै दुःख लाग्यो।बाटोवरिपरि दृश्यको अवलोकन गर्न समय थिएन। हाल नयाँ पिचले अनुभवमा सुधार गरेको छ। राजमार्गमा हरेक दृश्यको अवलोकन प्लेटफर्ममा सधै धेरै पर्यटक छन्।


चाता जिल्लामा प्रवेश गरेर दक्षिण एशिया तथा स्थानीय भवन शैली मिलेको थोलिन गुम्बा ज्यादै आकर्षक छ। पर्यटकले गुम्बामा तिब्बती बुद्ध धर्मका पवित्र सूत्र हेर्नुका साथै विशेष थुलीन दृश्यको अवलोकन गर्नसक्छन्।

चाता जिल्लाबाट १८ किलोमिटर टाढा प्राचीन गुग राज्यको साइट पर्दछ। त्यहाँ शान्दार भवन, उत्तम भित्ते चित्र र विविध प्रकारका मूर्तिहरूले पहिलाको भव्य अवस्था सुनाएका छन्। हरेक वर्ष धेरै चिनियाँ तथा विदेशी विद्वान र पर्यटकहरू त्यहीं पुगेर गुग राज्य मरेको पहेली अनुसन्धान गर्दछन्।

 

चाता जिल्लाको सँस्कृति, पर्यटन तथा खेलकुद व्यूरोमा कार्यरत् अधिकारी याङ थ्यानहङले दिएको जानकारीअनुसार, चाता जिल्लाले गुग राज्य साइटमा ४-ए स्तरीय मनोरम स्थानको निर्माण गरिइरहेको छ। त्यसबाहेक स्थानीय किसान तथा पशुपालकबाट अभिनय गरिएको “सपनामा गुगको फिर्ती” नाटक चालु वर्ष करिब २०पटक मञ्चन गरिएको छ।

 

 पर्यटन क्षेत्रको प्रवेशमा चाबुराङ गाउँको “होम्स्टे” विज्ञापन निकै स्पष्ट देखिएको छ। चाबुराङ गाउँ गुग साइटनजिकै अवस्थित छ। चाता जिल्लाले पर्यटनमार्फत्त जिल्लाको विकास गर्ने नीति व्यवहारमा उतार्नुका साथै स्थानीय गाउँलेहरू आ-आफ्ना बगैचामा होम्स्टेको निर्माण गरेका छन्। चाबुराङ गाउँ स्थानीय प्रसिद्ध पर्यटन गाउँ बनेको छ।

 चालु वर्ष चाबुराङ गाउँले कुल ६२० पर्यटकको स्वागत गरेको छ। कृषि तथा पशुपालक परिवारको होम्स्टेको सुधार गर्न र जातीय विशेषता थप्नका लागि सम्बन्धित विभागले निःशूल्क फुट बाथटब तथा जातीय पोशाक आदि सामान वितरण गरेको छ।

 

प्राप्त जानकारीअनुसार, यसै अक्टोबरको अन्तिमसम्म चाता जिल्लाले पर्यटनमा पटक पटक गरी २ लाख ५३ हजार ६०० जनाको स्वागत गरेको छ। जसबाट जम्मा आम्दानी ३५ करोड ५० लाख युआन पुगेको छ। हाल गुग र थुलिन श्रोतको राम्ररी प्रयोग गरी चाता जिल्ला मानिस नपुग्ने ठाउँ भनेर कहलिन छोडेको छ।