वाङ यीद्वारा संयुक्त राष्ट्र संघका महासचिव गांटेरेससँग भेटवार्ता
2023-11-29 15:09:56cri
Share with:

स्थानीय समय अनुसार नोभेम्बर २८ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनैतिक व्यूरोका सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीले न्यूयोर्कमा संयुक्त राष्ट्र संघको मुख्यालयमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ। 

भेटमा उहाँले प्यालेस्टाइन र इजराइलबीचको द्वन्दमा विश्वले ध्यान दिंदै संयुक्त राष्ट्र संघको भूमिका र गतिविधिमा पनि ध्यान दिंदै आएको बताउनुभयो। यो द्वन्दमाथि चीनले शान्तिको अडान लिएर मानव जातीय मान्यतामा उभिएर अन्तर्राष्ट्रिय कानूनको समर्थन गरेको, संयुक्त राष्ट्र संघ र महासचिवले समस्या समाधानमा खेल्ने विशेष र अद्वितीय भूमिकाको समर्थन गर्दैजाने पनि वाङले बताउनुभयो। 

त्यस अवसरमा महासचिव गुटेरेसले चीनले वर्तमान अध्यक्ष मुलुक रहँदा प्यालेस्टाइन र इजराइलबीचको युद्ध समाधान गर्न, मानवीय संकट खुकुलो पार्न खेलेको रचनात्मक भूमिकाको प्रशंसा गर्नुका साथै चीनले प्यालेस्टाइन र इजराइल समस्यामा उच्चस्तरीय बैठकको अध्यक्षता गरेकोमा पनि धन्यवाद व्यक्त गर्नुभयो।