चीन-म्यान्मार मैत्री सम्बन्धलाई बिगार्न खोज्ने गतिबिधि विफल हुने चिनियाँ परराष्ट्र मन्त्रालयको भनाइ
2023-11-29 17:19:34cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले म्यान्मारको स्थितिबारे चर्चा गर्दै चीन तथा म्यान्मार मैत्रीपूर्ण असल छिमेकी मुलुक हुन् र चीनले म्यान्मारका सार्वभौमिकता तथा प्रादेशिक अक्षुणताको सधैँ सम्मान गर्दै आएको बताउनुभएको छ।

 

प्रवक्ता वाङले नोभेम्बर २९ तारिख बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा सम्बन्धित प्रश्नको जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो। म्यान्मारको स्थिति स्थिर हुन सकोस् तथा राष्ट्रको विकास हुन सकोस् भन्ने चीनले हार्दिक आशा गर्दै म्यान्मारको शान्ति प्रक्रियाको दृढताका साथ समर्थन दिएको छ। चीन र म्यान्मार बीचको मित्रतालाई उत्तेजित बनाउन खोज्ने तथा दुई देश बीचको मैत्री सम्बन्धलाई बिगार्न खोज्ने कुनै पनि गतिबिधि जनताको इच्छा विपरीत रहेको र त्यो अवश्य नै विफल हुने पनि प्रवक्ता वाङले स्पष्ट पार्नु भएको छ।