अमेरिकामा चिनियाँ परराष्ट्रमन्त्री वाङ यी र मलेसियाका परराष्ट्रमन्त्री जाम्ब्रीबीच भेटवार्ता
2023-11-29 16:25:25CRI
Share with:

स्थानीय समयअनुसार नोभेम्बर २८ तारिख, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवं चीनका परराष्ट्र मन्त्री वाङ यीले अमेरिकाको न्यूयोर्कमा मलेसियाका परराष्ट्र मन्त्री जाम्ब्रीसँग भेटवार्ता गर्नुभएको छ।

वाङ यीका अनुसार चालु वर्ष चीन र मलेसियाबीच व्यापक रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको १०औँ वार्षिकोत्सव हो। मलेसियाका प्रधानमन्त्री आनवारले गर्नुभएको चीन भ्रमणका क्रममा, राष्ट्रध्यक्ष सीसँग चीन-मलेसियका साझा भविष्यको साझा समुदाय निर्माणबारेमा महत्वपूर्ण सहमति भएको थियो जसले द्विपक्षीय सम्बन्धको विकासमा विशाल प्रेरणा दिएको छ।


भेटमा मलेसियाली परराष्ट्रमन्त्री जाम्ब्रीले मलेसियाको इमानदार साझेदार नै चीन भएकाले मलेसियाले चीनसँगको सम्बन्धमा उच्च महत्व दिइरहेको र आगामी द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव सम्बन्धी गतिविधिहरूका लागि चीनसँग संयुक्तरूपमा योजना बनाउने, उच्चस्तरीय भ्रमण कायम राख्ने र द्विपक्षीय सम्बन्धको थप विकासका लागि प्रवर्द्धन गर्ने इच्छा लिएको बताउनुभयो।

प्यालेष्टाइन र इजरायलबीचको संघर्षबारेमा पनि दुबै नेताहरूले आदानप्रदान गर्नुभयो। त्यसक्रममा वाङ यीले भन्नुभयो, ‘युद्धविराम र मानवीय प्रकोप रोक्ने अवस्थाका लागि हरेक मुलुकले जिम्मेवारी लिनुपर्दछ।’

 

प्रत्युत्तरमा जाम्ब्रीले भन्नुभयो, ‘विश्वमा चीनको महत्वपूर्ण प्रभाव रहेको छ। प्यालेष्टाइन र इजरायलबीचको संघर्षको विषयमा निष्पक्ष अडान लिइरहेको छ।’

चीनको अडानबारे मलेसियको पूर्ण सहमति रहेको भन्दै उहाँले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले युद्ध रोक्नुपर्ने, मानवीय उद्धार कायम राखेर मानवीय संकट खुकुलो पार्नुपर्ने बताउनुभयो।

यस आधारमा, यो विषयलाई समाधान गर्न सबै पक्षले ‘दुई राज्य समाधान’बाट उपाय खोज्नुपर्ने पनि उहाँले बताउनुभयो।