राष्ट्राध्यक्ष सीद्वारा किसिङजरको निधनप्रति अमेरिकी राष्ट्रपतिलाई शोक सन्देश
2023-11-30 19:39:10cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर ३० तारिख अमेरिकी पूर्व विदेश मन्त्री हेनरी किसिङजरको निधन भएकामा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई शोक सन्देश पठाउनुभएको छ। चीन सरकार तथा चिनियाँ जनताको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट राष्ट्राध्यक्ष सीले डाक्टर किसिङजरको निधन भएकोमा गहन रुपमा श्रद्धान्जली व्यक्त गर्दै उहाँका आफन्तहरुलाई हार्दिक रुपमा समवेदना व्यक्त गर्नुभएको छ। अमेरिकासँगै मिलेर चीन-अमेरिका जनताको मैत्री कार्यको पुस्तान्तरण गर्न, चीन-अमेरिका सम्बन्धको स्वस्थ तथा स्थिर विकास अघि बढाउन, दुई मुलुकका जनताका लागि हित-कल्याण ल्याउन, विश्वका शान्ति तथा विकासका लागि योगदान पुर्‍याउन चीन इच्छुक रहेको कुरा राष्ट्राध्यक्ष सीले उक्त शोक सन्देशमा व्यक्त गर्नु भएको छ।