अन्तर्राष्ट्रिय सर्वेक्षणमा ९१.४ प्रतिशत व्यक्तिद्वारा चीनले जलवायु परिवर्तनको सामनाका लागि गरेको योगदानको प्रशंसा
2023-11-30 18:48:14cri
Share with:

जलवायु समस्या दिनप्रति दिन गम्भीर हुँदै आएको सिलसिलामा विश्वले दुबईमा नजर पुर्याएको छ। लगभग २ हप्तासम्म चल्ने संयुक्त राष्ट्र संघ  जलवायु परिवर्तन सम्बन्धी प्रारूप सन्धिको २८ औँ संस्थापक सम्मेलन (कोप २८) नोभेम्बर ३० तारिख शुरू भएको छ।

 

यस उपलक्ष्यमा चाइना मिडिया ग्रुपको सीजीटीएनले विश्वभरका नेटवर्क प्रयोगकर्तासमक्ष एउटा सर्वेक्षण चलाएको छ। उक्त सर्वेक्षणको नतिजा अनुसार, ९०.३ प्रतिशत व्यक्तिले जलवायु समस्याको सामना गर्दा कुनै पनि मुलुकले आँखा चिम्लेर छेउमा बस्न नसक्ने ठहर गरेका छन्। उनीहरूको विचारमा बहुपक्षीयतावाद नै जलवायु परिवर्तन समस्याको समाधान गर्ने मूलभूत उपाय रहेको छ। यसबाहेक, ९१.४ प्रतिशत व्यक्तिले विश्व जलवायु सञ्चालन र नियन्त्रण कार्यलाई अघि बढाउने क्रममा चीनले गरेको योदानको प्रशंसा गरेका छन्।