राष्ट्राध्यक्ष सी चिनफिङद्वारा याङ्सी नदी त्रिकोण क्षेत्रको एकरूपता विकासलाई प्रबर्द्धन गोष्ठीको अध्यक्षता
2023-11-30 19:37:23cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले याङ्सी नदी त्रिकोण क्षेत्रको एकरूपता विकासलाई गहन रूपमा प्रबर्द्धन गरिने गोष्ठीको अध्यक्षता गर्नुभएको छ। सो अवसरमा उहाँले त्रिकोण क्षेत्रको एकरूपता विकासलाई अघि बढाउँदै नयाँ महत्वपूर्ण प्रगति हासिल गरी चिनियाँ शैलीको आधुनिकीकरण प्रक्रियामा अझ राम्रोसँग निर्देशनात्मक भूमिका निर्वाह गर्दै जाने कुरामा जोड दिनुभएको छ। प्रधानमन्त्री ली छ्याङ र केन्दीय समितिको राजनीतिक व्युरोका स्थायी सदस्य छाइ छी पनि सो गोष्ठीमा उपस्थित हुनुभएको छ।