तिङ् सुएस्याङद्वारा कजाकिस्तानमा चीन-काजाकिस्तान सहयोग समितिको ११औं बैठकको अध्यक्षता
2023-11-30 15:47:17cri
Share with:

नोभेम्बर २६ तारिखदेखि २७ तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समिति सदस्य तथा राज्य परिषद्का उपप्रधानमन्त्री तिङ् सुएस्याङले कजाकिस्तानको भ्रमण गर्नुभएको छ। उहाँले क्रमशः कजाकिस्तानका राष्ट्रपति तोकायेभ, कजाकिस्तानका प्रधानमन्त्री स्मेलोभ र प्रथम उपप्रधानमन्त्री स्ल्यायरसँग भेटवार्ता र चीन-काजाकिस्तान सहयोग समितिको ११औँ बैठकको सहअध्यक्षता गर्नुभयो।

 

तोकायेभसँगको भेटमा तिङ् सुएस्याङले राष्ट्रपति तोकायेभलाई राष्ट्राध्यक्ष सी चिनफिङको हार्दिक अभिवादन र शुभकामना हस्तान्तरण गर्नुभयो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र राष्ट्रपतिको नेतृत्वमा चीन-कजाकिस्तान स्थायी बृहत् रणनीतिक साझेदारी स्थापना भएको र साझा भविष्यसहितको साझा समुदायको निर्माणमा नेतृत्व लिएको तिङ् सुएस्याङले बताउनुभयो।

 

भेटमा तोकायेभले तिङ् सुएस्याङमार्फत् राष्ट्राध्यक्ष सी चिनफिङलाई आफ्नो हार्दिक अभिवादन प्रकट गर्नुभयो। उहाँले कजाकस्तान-चीन सम्बन्ध देशहरूबीच मैत्रीपूर्ण सहयोगको नमुना रहेको बताउनुभयो। कजाकस्तानले "बेल्ट एण्ड रोड" को उच्च गुणस्तरको संयुक्त निर्माणको दृढतापूर्वक समर्थन गरेको र कजाकिस्तानमा लगानीका लागि चिनियाँ कम्पनीहरूलाई स्वागत गरेको बताउनुभयो।