बलियो र मैत्रिपूर्ण चीनले क्षेत्र र विश्वलाई सकारात्मक भूमिका खेल्ने
2023-11-30 10:20:09cri
Share with:

“आगामी “चीन” चीन नै हो।” चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सान फ्रान्सिस्कोमा एपेक वार्तामा भाग लिँदै व्यक्त गर्नुभएको उक्त धारणा हाल ज्यादै ध्यानाकर्षित छ। किन चीन विश्वव्यापी उद्योग-वाणिज्य क्षेत्रमा “आवश्यक”हुन्छ? एपेक वार्तामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको तीनवटा “अपरिवर्तन”ले जवाफ दिएको छ।

चीन विश्वको वृद्धिमा सबैभन्दा ठूलो इन्जिन हो। चालु वर्ष विश्व अर्थतन्त्रको वृद्धिमा चीनको योगदान एक तिहाइ पुगेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले हाल सन् २०२३ चिनियाँ जीडीपीको वृद्धिको अपेक्षा ५.४प्रतिशतसम्म बढेको छ। गोल्डमैन सैक्स, यूबीएसलगायत विदेशी बैकिङ संस्थाबाट प्रकाशित प्रतिवेदनले पनि चिनियाँ अर्थतन्त्र निरन्तर रूपमा बढ्ने अपेक्षा गरेका छन्। जसले पहिलो “अपरिवर्तन”को पुष्टि गरेको छ, अथवा चिनियाँ अर्थतन्त्र लचिलो र ठूलो निहित शक्ति भएर दीर्घकालसम्म राम्रोसँग विकास हुने आधारभूत अवस्थामा अपरिवर्तनीय रहनेछ।

अमेरिकी ब्ल्याकरक फण्डका महानिर्देशकको भनाइजस्तै चिनियाँ बजारसँग विकसित बजारको स्थिरता तथा उच्च गुणस्तरको हुनुका साथै नयाँ उदीयमान बजारको द्रूत गतिले वृद्धि हुने निहित शक्ति भएको छ। चिनियाँ बजार विश्वव्यापी रूपमा एउटा मात्रै दुर्लभ श्रोत हो।

तपाईं याद गर्नुहुन्छ? गत वर्ष मार्चमा टिकटकका प्रमुख कार्यकारी अधिकृत अमेरिकाको सुनुवाइमा हुँदा अमेरिकी एपो कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई चीनमा हार्दिक स्वागत गरिएको थियो। जो खुला बजार हो भन्ने कति स्पष्ट देखिएको छ।

यसपटक एपेक वार्ताको अवसरमा चीनले खुलापन बढाउने अनेकन नयाँ कदम प्रकाशित गरेको छ। जसबाट चीनले बजारगत, कानून बमोजिम शासन गर्ने र अन्तर्राष्ट्रियत व्यापार वातावरणको निर्माण गर्ने अठोटमा अपरिवर्तन र विदेशी लगानीलाई समान श्रेष्ठ सेवा दिने नीतिमा अपरिवर्तन हुने फेरि पुष्टि गरिएको छ। यी दुइवटा “अपरिवर्तन”बाट चीनले उच्च गुणस्तरीय खुलापनलाई विस्तार गर्ने संकेत पठाएको छ। जसरी विश्वव्यापी उद्योग तथा वाणिज्य क्षेत्रलाई पूर्ण रूपमा निश्चितता लाग्छ।

किन “आगामी “चीन” चीन नै हो।” किनभने चीनका तीनवटा “अपरिवर्तन”बाट पठाइएको निश्चितता र स्थिरता वर्तमान विश्वका लागि सबैभन्दा दुर्लभ हो। सिंगापूरका प्रधानमन्त्री ली सिएनलूंगले भन्नुभएजस्तै, बलियो र मैत्रिपूर्ण चीनले क्षेत्र र विश्वलाई सकारात्मक भूमिका खेल्नेछ।