तिङ स्युएस्याङद्वारा तुर्कमेनिस्तानको भ्रमण र चीन-तुर्कमेनिस्तान सहयोग समिति छैटौं बैठकको अध्यक्षता
2023-11-30 15:33:51CRI
Share with:

नोभम्बर २८ देखि २९ तारिखसम्म, चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय समितिको राजनीतिक ब्युरोको स्थायी समिति सदस्य एवं राज्य परिषद्का उपप्रधानमन्त्री तिङ् स्युएस्याङ्ले तुर्कमेनिस्तानको भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले तुर्कमेनिस्तानका राष्ट्रपति सेर्दार बेर्दिमुहामेदोभसँग भेटवार्ता गर्नुभयो। तिङले तुर्कमेनिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री  बेर्दिमुहामेदोभसँग वार्ता गर्नुका साथै चीन-तुर्कमेनिस्तान सहयोग समितिको छैटौं बैठक सहअध्यक्षता पनि गर्नुभएको छ।

२९ तारिख तिङ स्युएस्याङले बेर्दिमुहामेदोभसँग चीन-तुर्कमेनिस्तान सहयोग समिति छैटौं बैठकको सहअध्यक्षता गर्नुभएको छ।

बैठकमा दुबै पक्षबीच प्राप्त व्यावहारिक सहयोग र प्रगतिहरूलाई पूर्णरूपमा समर्थन गर्दै दुबै पक्षले आर्थिक तथा व्यावहारिक, लगानी, प्राकृतिक ग्याँस, कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, सुरक्षा सहयोग जस्ता विषयमा गहनरूपमा छलफल गरेका छन् र आगामी चरणको सहयोगको योजना पनि बनाएका छन्। दुबै पक्षबीच विकास रणनीतिको अडानलाई थप सुदृढ गर्ने सहमति हुनुका साथै ‘बेल्ट एण्ड रोड’को उच्च गुणस्तरीय र संयुक्त निर्माणमार्फत् चीन- तुर्कमेनिस्तान चौतर्फी सहयोगको नेतृत्व गर्ने सहमति पनि भएको छ।

बैठकपछि तिङ स्युएस्याङ र बेर्दिमुहामेदोभले ‘चीन-तुर्कमेनिस्तान सहयोग समितिको छैटौं बैठकको मिनेट’मा संयुक्त हस्ताक्षर गर्नुभयो। वैज्ञानिक तथा प्राविधिक सहयोगलाई गहनरूपमा अघि बढाउने सम्झौता पत्र, अन्तर्राष्ट्रिय सडक यातायात सम्झौता र अन्य सहयोगसम्बन्धी दस्तावेजहरूको हस्ताक्षरमा पनि उहाँहरू साक्षी बस्नुभयो।