उहाँ सबैलाई मद्दत गर्न चाहनुहुन्छ
2023-11-30 10:26:04CRI
Share with:

हरेक नोभेम्बरमा मार्क बेकनले राष्ट्राध्यक्ष सी चिन फिङसँगको विगतको कुरालाई सम्झन्छन्। सन् २०२३को नोभेम्बर २५ तारिख उहाँले आफ्नो सामाजिक सञ्जाल साइटमा यो पोस्ट गर्नुभयो, "नौ वर्ष पहिलेको नोभेम्बर १८ तारिख राष्ट्राध्यक्ष सी र उहाँकी श्रीमती होबर्ट आइपुगेपछि उहाँहरूलाई भेट्ने र एक घण्टाभन्दा लामो समय कुराकानी गर्न पाउने म एक  भाग्यमानी थिएँ। "

 

मार्क बेकनका बुबा जिम बेकनले सन् १९९९ र सन् २००१ मा अस्ट्रेलियाको तस्मानियाको गभर्नरको रूपमा दुई पटक चीनको फुच्येन भ्रमण गर्नुभएको थियो। त्यस समयमा फुच्येनमा रहेका सी चिनफिङले यी मित्रलाई स्वागत गर्नुभयो।

 

गभर्नर जिम बेकनले फुच्येन प्रान्तका तत्कालीन गभर्नर सी चिनफिङलाई पनि तस्मानिया भ्रमणको निम्तो दिनुभएको थियो तर, गभर्नर जिम बेकनको सन् २००४ मा निधन भयो र यो निमन्त्रणा सदाका लागि अन्त्य भयो। धेरै वर्षपछि चीनका शीर्ष नेता बनेका सी चिनफिङ पुराना साथीहरूसँग यस भेटमा सहभागी हुन आउनुभयो।