इजरेली सेनाद्वारा हमासले अस्थायी युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप, गाजा क्षेत्रमा फेरि सैन्य आक्रमण
2023-12-01 15:06:54cri
Share with:

डिसेम्बर १ तारिख बिहान इजरेली रक्षा सेनाले प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलन (हमास) ले अस्थायी युद्धविराम सम्झौता उल्लङ्घन गर्दै इजरेलमाथि आक्रमण गरेको जनाउँदै एक विज्ञप्ति जारी गरेको छ। साथै इजरेली रक्षा सेनाले गाजा क्षेत्रमा हमासविरुद्ध सैन्य कारबाही सुरु गरेको पनि बताइएको छ।

 

इजरेल टाइम्स रिपोर्टका अनुसार,इजरेली रक्षा सेनाहरूले देशको दक्षिणी र मध्य क्षेत्रहरूमा स्कुल बन्दको घोषणा गरेका छन्। इजरेलको सैन्य अपरेशनहरू फेरि सुरु भएको छ।

 

"इजरायल टुडे" का अनुसार, गाजा क्षेत्रमा अस्थायी युद्धविराम सम्झौता स्थानीय समय डिसेम्बर १ तारिख ७:०० बजे समाप्त भएको छ र इजरेल वा हमासले युद्धविराम सम्झौताको विस्तारको घोषणा गरेको छैन।

 

यसअघि, अमेरिकी वाल स्ट्रीट जर्नलको नोभेम्बर ३० तारिखको रिपोर्टमा इजिप्टका एक अधिकारीलाई उद्धृत गर्दै सो दिन इजरेल र हमासले आठौँ दिनसम्म अस्थायी युद्धविराम विस्तार गर्न सहमत भएको जनाइएको थियो।