“किसिङजरको विवेक” अमेरिकालाई छोडेको सबैभन्दा मूल्यवान सम्पदा
2023-12-01 16:41:57cri
Share with:

स्थानीय समय अनुसार नोभेम्बर २९ तारिख चिनियाँ जनताका पूराना साथी, एक सय वर्षीय अमेरिकी पूर्व विदेश मन्त्री डाक्टर हेनरी किसिङजरको निधन भएको छ। दोस्रो विश्व अतिक्रमण युद्धपछि अमेरिकी सबैभन्दा प्रसिद्ध कूटनीतिज्ञका हैसियतले किसिङजरले चीन र अमेरिकाको दौत्य सम्बन्ध स्थापना गर्ने तथा मध्य-पूर्व स्थितिलाई मध्यस्थता गर्ने धेरै पक्षमा उच्च योगदान पुर्‍याउनुभएको छ। पैचिङ समय अनुसार नोभेम्बर ३० तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले किसिङजरको निधन भएकामा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई शोक सन्देश पठाउँदै डाक्टर किसिङजरको नाम चीन-अमेरिका सम्बन्धसँग स्थायी रुपमा सम्बन्धित रहने र चिनियाँ जनताले उहाँलाई स्थायी रुपमा सम्झना गर्ने विचार व्यक्त गर्नुभएको छ।

आज विश्वका सामु विगत १०० वर्षसम्म नभएको ठूलो परिवर्तन देखा परेको छ। विश्वमा सबैभन्दा महत्त्वपूर्ण द्वीपक्षीय सम्बन्ध-चीन अमेरिका सम्बन्धमा सुधार भएको प्रवृति देखा परेको छ।

चिनियाँ जनताले पूराना साथी किसिङजरले चीन-अमेरिका सम्बन्धको विकासलाई अघि बढाउनका लागि गरेको ऐतिहासिक योगदान सदा स्मरणीय रहनेछ। अमेरिकी सत्तामा रहेका नेताले किसिङजरको कूटनीतिक विवेकलाई पुस्तान्तरण गर्न सक्ने, सान्फ्रान्सिस्कोमा चीन र अमेरिकाका राष्ट्रनायक बीचको भेट-वार्तामा भएको महत्त्वपूर्ण सहमति अपनाउन सक्ने, नयाँ ऐतिहासिक अवधिमा चीन-अमेरिकाको साझा समृद्धिलाई अघि बढाउन सक्ने आशा चिनियाँ जनताले गरेका छन्, जुन डाक्टर किसिङजरका लागि सबैभन्दा राम्रो सम्झना हो।