चीन र भारतद्वारा सीमावर्ती मामिला परामर्श र समन्वय कार्य संयन्त्रको २८औँ सम्मेलनको आयोजना
2023-12-01 15:13:18cri
Share with:

नोभेम्बर ३० तारिख चीनको परराष्ट्र मन्त्रालयअन्तर्गत सीमा र समुद्र मामिला विभागका प्रमुख हौङ ल्याङ र भारतको विदेश मन्त्रालयअन्तर्गत पूर्वी एशिया विभागका सचिव ताइ क्वो लानले संयुक्त रूपमा चीन र भारत बीच सीमावर्ती मामिला परामर्श र समन्वय कार्य संयन्त्रको २८औँ सम्मेलनको आयोजना गरेका छन्। दु मुलुकका विदेश मन्त्रालय, रक्षा मन्त्रालय र आप्रवासी विभागका प्रतिनिधिहरूले सम्मेलनमा भाग लिएका छन्। 

दुवै पक्षले चीन भारत सीमावर्ती वार्ताबाट हासिल भएको सक्रिय प्रगतिला पूर्णरूपमा स्वीकार गरेर सम्बन्धित समस्याबारे पूर्ण, गहिरो र रचनात्मक छलफल गरेका छन्। दुवै पक्षले दु मुलुकका राष्ट्रनायकको सहमतिला व्यवहारमा उतार्ने, कुटनीतिक र सैनिक वार्ताला कायम राख्ने, छिटोभन्दा छिटो २१औँ चरण सेना कमाण्डर स्तरीय वार्ताको आयोजना गर्ने तथा दु मुलुकको सीमावर्ती अवस्थामा नयाँ अध्याय खोल्ने सहमति जनाएका छन्।