ब्राजिलियन रेनाटोका आँखामा भविष्यको चीन
2023-12-01 10:14:49cri
Share with:

तेह्र वर्षअघि ब्राजिलियन जोस रेनाटो अधिवक्ताको कामबाट राजीनामा दिएर अध्ययन गर्न चीन आएका थिए। हाल रेनाटोले आफ्नो जीवनलाई चीनमै बसेर अघि बढाएका छन्। उनकाअनुसार, चीनमा उनले परिवारको न्यानोपनको अनुभव गर्नुका साथै उद्यमशीलताको उत्साह पनि पाएका छन्।

 

“मेरो चिनियाँ नाम रन थु हो। मेरो ब्राजिलियन नाम जोस रेनाटो हो। म ब्राजिलबाट आएको हो। अहिले म ४१ वर्षको भएँ।”

 

सन् २०१३ मा रेनाटोले मास्टर डिग्रीबाट स्नातक भएपछि व्हा चुङ विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट ब्राजिलको मिनास गेरास राज्य विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण टोली पठाउन सहयोग गरेका थिए। त्यसको एक वर्षपछि उनले व्हा चुङ विज्ञान तथा प्रविधि विश्वविद्यालयमा पी.एच.डी. डिग्रीको अध्ययन थालेका थिए। साथै उनले वुहान शहरमा शिक्षाको अनुसन्धान र परामर्श कार्य पनि थालेका थिए। विश्वका धेरै ठाउँहरूको भ्रमण गरेका उनलाई वुहान शहर सबैभन्दा मनपर्ने ठाउँ हो। उनी भन्छन् “वुहान मेरो जीवन हो। म यहाँ तेह्र वर्षदेखि बस्दैआएको छु। मेरो विचारमा वुहान निकै सुविधाजनक छ। वुहान राम्रो ठाउँ हो। वुहानमा विभिन्न क्षेत्रबाट आएका मानिस छन्। मैले अरुलाई भन्ने गर्छु कि चीनबारे जानकारी लिने हो भने वुहान घुम्नुपर्छ। वुहान शहरमा धेरै विश्वविद्यालय छन्। वुहान युवायुवतीलाई सुहाउने शहर हो। वुहानमा रेल र द्रुत गतिका रेल धेरै छन्।”

 

चीनमा अध्ययनको क्रममा रेनाटोले चीनका धेरै उच्च वैज्ञानिक तथा प्राविधिक कम्पनीहरूको स्थापना गरिएको तथा उच्च प्राविधिज्ञहरू र अन्तर्राष्ट्रिय विज्ञ व्यक्तिहरूप्रति चीनको विभिन्न क्षेत्रमा मागमा वृद्धि भएको पनि देखे। सन् २०१३ मा उनले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा उद्यम कार्य पनि थालेका थिए। पी.एच.डी.बाट स्नातक भएपछि रेनाटोले उनका साझेदारसँग मिलेर वुहानलाई आधार क्षेत्रको रुपमा राखेर सीआन, शाङहाई, अमेरिकाको लस एन्जलस र फिलाडेल्फियामा शाखा स्थापना गरे। रेनाटो भन्छन् “चिनियाँ युवायुवतीहरू मेहनती छन्। उनीहरूका परिवारले पनि छोराछोरीलाई अध्ययन गर्न समर्थन दिन्छन्। युवायुवतीले अध्ययन गर्न विदेश गएपछि फर्केर नयाँ विचार र नयाँ विज्ञान ल्याउने गरेका छन्। म चिनियाँ युवायुवतीको प्रशंसा गर्न चाहन्छु। उनीहरू निकै उत्कृष्ट छन्।”

 

चालू वर्ष चीन र ब्राजिलको रणनीतिक साझेदारी सम्बन्धको स्थापना भएको तीसौँ‌ वार्षिकोत्सव हो। चीन र ब्राजिल यी दुबै मुलुक ब्रिक्स मुलुक सदस्यहरू हुन्, नवोदित मुलुक र विकासोन्मुख मुलुक पनि हुन्। ब्राजिल र चीनको भावी विकासबारे रेनाटो आशावादी छन्। उनी भन्छन् “ब्राजिल र चीन ब्रिक्स मुलुक हुन्। ब्राजिल र चीनको सम्बन्धले दक्षिण अमेरिकी मुलुकको विकासका लागि मद्दत दिने छ। भविष्यमा ब्राजिल र चीनबीचको सम्बन्ध अझै राम्रो हुने आशा मैले लिएको छु।”

 

भविष्यबारे चर्चा गर्दै रेनाटोले चीनमा निरन्तर रुपमा बस्ने आशा लिए। उनी भन्छन् “चीन मेरो घरजस्तै हो। यहाँको बसाइ राम्रो छ। ब्राजिल मेरो मातृभूमि हो। तर चीन मेरो जीवन हो। चीन मेरो भविष्य हो।”