राष्ट्राध्यक्ष सीद्वारा चीन बुझाइ २०२३ सम्मेलन(क्वाङ चौ)लाई शुभकामना सन्देश
2023-12-02 19:17:42cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङको चीन बुझाइ २०२३ सम्मेलन(क्वाङ चौ)लाई डिसेम्बर २ तारिख शुभकामना सन्देश पठाउनु भएको छ। सो शुभकामना सन्देशमा राष्ट्राध्यक्ष सीले हाल विश्वको आर्थिक विकास मन्द गतिले भइरहेको भन्दै भूराजनीतिक द्वन्द्व निरन्तर रुपमा चर्को हुँदै आएको र मानव जाति फेरि इतिहासको चौबाटोमा रहेको विचार  व्यक्त गर्नु भएको छ। यस्तो अवधिमा हातमा हात मिलाएर विश्वव्यापि चुनौतिको सामना गर्नुपर्ने, विश्वको साझा विकासलाई अघि बढाउनुपर्ने र सम्पूर्ण मानव जातिको हित-कल्याणलाई बढाउनुपर्ने आवश्यक्ता रहेको उहाँले उल्लेख गर्नु भएको छ।

राष्ट्राध्यक्ष सीले चीन बुझाइका लागि निर्णायक कुरा चिनियाँ शैलीको आधुनिकीकरण बुझ्नुपर्ने भन्दै यस सम्मेलनमा सहभागी अतिथिहरुले चीन र विश्व बीचका आदान-प्रदान तथा सहयोगलाई अघि बढाउन, साझा विकास तथा समृद्धि तुल्याउन र मानव जातिको साझा भाग्य समुदायको निर्माण गर्न योगदान पुर्‍याउन सक्ने आशा गर्नुभयो।