सीजीटीएनद्वारा जापानी शिसेइदो कम्पनीका चिनियाँ गभर्नरसँगको अन्तर्वार्ता
2023-12-02 19:19:22cri
Share with:

 

चाइना मिडिया ग्रुपको सीजीटीएनका सम्वाददाताले चीन बुझाई २०२३ सम्मेलन (क्वाङ चौ) को स्थलमा जापानी शिसेइदो कम्पनीका चिनियाँ गभर्नर टोशिनोबु युमेटसुलाई विशिष्ट अन्तर्वार्ता लिनु भएको छ।

 

त्यस अवसरमा गभर्नर युमेटसुले चीनको उच्च गुणस्तरीय विकासले विश्व अर्थतन्त्रका लागि ल्याएको जिवन्त शक्तिबारे आफूले गहन रूपमा अनुभव गरेको बताउनुभयो। उहाँका अनुसार, चीनको सुधार र खुलापन नीति ४५ वर्षदेखि लागु गरिरहेको र शिसेइदो लगायतका अधिकांश विदेशी व्यवसायहरू त्यसबाट लाभान्वित भएका छन्। चीनको अर्थतन्त्र निरन्तर रूपमा विकसित हुनुका साथै उपभोगताको परिधि पनि बढ्दै गएको देखिन्छ। साथै चाहना पनि लगातार रूपमा उकासिँदै आएको छ। यसैगरी चीन सधैँ नै विदेशी व्यवसायका लागि सिर्जनशील हुने र राम्रो उपलब्धि प्राप्त गर्ने उपयुक्त चौतारो रहिरहनेछ।