सीजीटीएनद्वारा जर्ज बुश अमेरिका-चीन सम्बन्ध कोषका अध्यक्ष नैल बुशसँगको अन्तर्वार्ता
2023-12-02 19:20:34cri
Share with:

चाइना मिडिया ग्रुपको सीजीटीएनका सम्वाददाताले चीन बुझाई २०२३ सम्मेलन (क्वाङ चौ) को स्थलमा जर्ज बुश अमेरिका-चीन सम्बन्ध कोषका अध्यक्ष नैल बुशलाई विशिष्ट अन्तर्वार्ता लिनु भएको छ।

 

त्यस अवसरमा नैल बुशले चिनियाँ व्यवस्थाको श्रेष्ठता चीनबारे बुझ्ने महत्व हो भन्ने आफूले गहन रूपमा बुझेको बताउनुभयो। उहाँका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले बदलिँदो विकासलाई साकार तुल्याएको छ। हाल इन्टरनेट विज्ञान-प्रविधि र सफा उर्जा लगायतका धेरै क्षेत्रहरू विश्वको अग्र स्थानमा पुगिसकेका छन्। चिनियाँ शैलीको आधुनिकीकरणबाट चीनको विकासलाई नेतृत्व गरिने प्रवृत्तिलाई रोक्न सकिँदैन। त्यसैगरी चीन र अमेरिका दुवै देशले हातमा हात मिलाउँदै सुरक्षा, वातावरणीय संरक्षण र मानव स्मार्ट आदि क्षेत्रमा सँगै मिलेर मानव जातिका लागि अझ बढी कठिन समस्याको समाधान गर्नुपर्ने भन्ने उहाँको ठहर रहेको छ।