चीन बुझाई सम्मेलन २०२३ क्वाङ चौमा आयोजना
2023-12-02 19:22:05cri
Share with:

डिसेम्बर १ देखि ३ तारिखसम्म चीन बुझाई अन्तर्राष्ट्रिय सम्मेलन २०२३ क्वाङ चौमा आयोजना गरिँदैछ। सय वर्षपछिको परिवर्तन भएको पृष्ठभूमिमा चीनको नयाँ कदम---साझा हितको विस्तार गर्नुका साथै भाग्य एकरूपताको स्थापना गरौँ भन्ने सो सम्मेलनको मुख्य नारा रहेको छ। डिसेम्बर २ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् प्रचार प्रसार मन्त्री ली शु लैले उद्घाटन समारोहमा सहभागी हुँदै राष्ट्राध्यक्ष सी चिनफिङको शुभकामना सन्देश सुनाउनुबाहेक मुख्य विषयमा सम्बोधन पनि गर्नुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् क्वाङ तुङ प्रान्तीय पार्टी समितिका सचिव ह्वाङ खुनमिङले उद्घाटन समारोहमा सहभागी हुँदै सम्बोधन गर्नुभएको छ।