राष्ट्राध्यक्ष सीद्वारा सशस्त्र प्रहरीको समुद्री प्रहरी टोली अन्तर्गत पूर्वी चीन सागर क्षेत्रको निरीक्षण
2023-12-02 19:38:02cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले नोभेम्बर २९ तारिख प्रहरीको समुद्री प्रहरी टोली अन्तर्गत पूर्वी चीन सागर क्षेत्रको निर्देशन विभागको निरीक्षण गर्नुभएको छ। सो अवसरमा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको भावनाको गहन रुपमा कार्यान्वयन गर्नुपर्ने, समुद्री प्रहरीको शक्तिको निर्माण सम्बन्धी विशेषता तथा नियम बुझ्नुपर्ने र समुद्रमा बैधानिक अधिकारको संरक्षण तथा कानूनको पालना गर्ने क्षमतालाई बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ।

 

राष्ट्राध्यक्ष सीले पूर्वी चीन सागर क्षेत्रको निर्देशन विभागको कार्य प्रतिबेदन सुन्नुका साथै भिडियोमार्फत सशस्त्र प्रहरीको युद्धपोत दलले कार्यभार लिने स्थिति हेर्दै पूर्वी चीन सागर क्षेत्रको निर्देशन विभागको निर्माण गर्ने तथा जिम्मेवारी वहन गर्ने अवस्थाको प्रशंसा गर्नुभयो।

 

राष्ट्राध्यक्ष सीले प्रभावकारी रुपमा बैधानिक अधिकारको संरक्षण गर्नुपर्ने तथा कानूनको पालना गर्नुपर्ने र चीनको प्रादेशिक अक्षुणता तथा समुद्रको हक-हितको दृढताका साथ संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो।