राष्ट्राध्यक्ष सीद्वारा पहिलो “ल्याङ चु मञ्च”लाई शुभकामना
2023-12-03 19:47:25cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले डिसेम्बर ३ तारिख पहिलो “ल्याङ चु मञ्च”लाई शुभकामना सन्देश पठाउनुभएको छ।

सो सन्देशमा राष्ट्राध्यक्ष सीले ल्याङ चु भग्नावशेष चीनको पाँच हजार वर्ष पुरानो सभ्यता इतिहासको प्रमाण हुनुका साथै विश्व सभ्यताको मूल्यवान सम्पदा पनि भएको औँल्याउनुभयो। लामो इतिहासमा चिनियाँ सभ्यताले विश्वका विभिन्न सभ्यताको उत्कृष्ट विशेषता भित्र्याएर विश्व सभ्यतालाई समृद्ध पार्दै आएको पनि उहाँले औँल्याउनुभयो।

राष्ट्राध्यक्ष सीले आपसी सम्मान गर्नु तथा शान्तिपूर्ण रुपमा सहअस्तित्व गर्नु मानव जातिको सभ्यताको विकासका लागि सही बाटो भएको कुरालाई जोड दिनुभयो। विभिन्न पक्षहरुले “ल्याङ चु मञ्च”को पूर्ण रुपमा उपयोग गरी “बेल्ट एण्ड रोड”को संयुक्त निर्माण गर्ने मुलुकहरुसँग सभ्यताबारे अरु गहन संवाद गर्न सक्ने, विश्व सभ्यता प्रस्ताव अपनाउन सक्ने, सभ्यता सम्बन्धी आदान-प्रदानलाई सबल पार्न सक्ने आशा उहाँले बताउनुभयो।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालय र च च्याङ प्रान्तीय सरकारद्वारा आयोजित पहिलो “ल्याङ चु मञ्च”को मुख्य विषय “विश्व सभ्यता प्रस्ताव अपनाऔँ, सभ्यता सम्बन्धी आदान-प्रदानलाई सबल पारौँ” रहेको छ। “ल्याङ चु मञ्च” डिसेम्बर ३ तारिख च च्याङ प्रान्तको हाङ चौ शहरमा शुरु भएको छ।