अर्जेन्टिना सरकारद्वारा शन हाइ स्योङलाई “अन्तर्राष्ट्रिय सांस्कृतिक आदान प्रदान सहकार्य सम्बन्धी उत्कृष्ट उपलब्धि पुरस्कार” वितरण
2023-12-03 16:18:19cri
Share with:

डिसेम्बर १ तारिख अर्जेन्टिना सरकारले विदेशका लागि पुरस्कार वितरण गर्ने अन्तिम अवसरलाई चीन छानेको छ। अर्जेन्टिनाली राष्ट्रपति अल्बेर्टो फेर्नान्डेजको अनुमोदन बमोजिम चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङलाई अर्जेन्टिनाको “अन्तर्राष्ट्रिय सांस्कृतिक आदान प्रदान सहकार्य सम्बन्धी उत्कृष्ट उपलब्धि पुरस्कार” वितरण गरिनुका साथै पदक पनि दिइएको छ। त्यसबाट अर्जेन्टिना र चीन बीचको सांस्कृतिक आदान प्रदान र दुवै देश जनताको मित्रतालाई अघि बढाउनका लागि योगदान गर्नुभएकामा उहाँको प्रशंसा गरिएको छ। यस सन्दर्भमा राष्ट्रपति फेर्नान्डेजले सम्बद्ध सम्बोधन पनि गर्नुभएको छ।