“ल्याङ चु मञ्च”मा ली शु लैद्वारा राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश वाचन
2023-12-03 19:45:56cri
Share with:

पहिलो “ल्याङ चु मञ्च” डिसेम्बर ३ तारिख च च्याङ प्रान्तको हाङ चौ शहरमा शुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य, केन्द्रीय प्रचार-प्रसार विभागका प्रमुख ली शु लैले सो मञ्चमा राष्ट्राध्यक्ष सी चिन फिङको शुभकामना सन्देश सुनाउँदै मुख्य विषय सम्बन्धी सम्बोधन गर्नुभएको छ।

 

चीन र विदेशका अतिथिहरुले राष्ट्राध्यक्ष सीको शुभकामना सन्देशले ल्याङ चु संस्कृतिको विशेष मान्यता गहन रुपमा प्रकाश पार्नुका साथै चिनियाँ सभ्यताको खुलापन तथा सहनशीलताको विशेषता अभिव्यक्त गरेको ठहर गरेका छन्। उहाँको शुभकामना सन्देशले  “ल्याङ चु मञ्च”को सफल आयोजनाका लागि आफ्नो मंगलमय शुभकामना व्यक्त गर्दै विभिन्न सभ्यता बीचको संवाद तथा सभ्यता बीचको आदान-प्रदानलाई प्रबल पार्नका लागि महत्त्वपूर्ण निर्देशन दिएको पनि अतिथिहरुले विचार व्यक्त गरेका छन्।