तिङ श्वे श्याङद्वारा “७७ मुलुक समूह र चीन” शीर्षकमा जलवायु परिवर्तन विषयक शिखर सम्मेलनलाई सम्बोधन
2023-12-03 20:15:19cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङका विशेष प्रतिनिधि, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य, राज्य परिषदका उप-प्रधानमन्त्री तिङ श्वे श्याङ डिसेम्बर २ तारिख दुबाईमा आयोजित “७७ मुलुक समूह र चीन” शीर्षकमा जलवायु परिवर्तन विषयक शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।

 

तिङ श्वे श्याङले यस पटकको शिखर सम्मेलन अर्थपूर्ण रहेको भन्दै राष्ट्राध्यक्ष सीले ७७ मुलुक समूह र चीन विकासोन्मुख मुलुकहरु बीचको सहयोगका लागि एउटा महत्त्वपूर्ण चौतारो रहेको कुरामा जोड दिनुभएको जानकारी दिनुभयो।