राष्ट्राध्यक्ष सी चिनफिङद्वारा शाङहाईको निरिक्षण भ्रमण
2023-12-03 19:42:00cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हालै शाङहाई शहरको निरीक्षण भ्रमण गर्नुभएको छ।

 

भ्रमण अवधिमा शाङहाईले सम्पूर्ण र निश्चित रूपमा नयाँ विकास विचारलाई व्यवहारमा उतार्नुका साथै उच्च गुणस्तरीय विकास बमोजिम नयाँ विकास हुने प्रारूप स्थापना गर्नुपर्ने बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय आर्थिक केन्द्र, बैकिङ केन्द्र, व्यापारिक केन्द्र, पानी जहाज ढुवानी केन्द्र र विज्ञान-प्रविधि सिर्जनशील केन्द्रको निर्माण गर्ने महत्वपूर्ण कार्यभारमा नजर पुर्याउनुपर्ने कुरामा पनि जोड दिनुभएको छ।

 

बेइजिङ फर्कदा राष्ट्राध्यक्ष सीले च्याङ सु प्रान्तको येन छङ शहरको पनि निरीक्षण भ्रमण गर्नुभएको छ।