पैचिङमा "मानव अधिकारको विश्वव्यापी घोषणाको ७५औँ वार्षिकोत्सवको स्मरण" गोष्ठी सम्पन्न
2023-12-04 18:45:36cri
Share with:

डिसेम्बर १० तारिख विश्व मानव अधिकार दिवस हो। डिसेम्बर ४ तारिख बिहान पैचिङमा "मानव अधिकारको विश्वव्यापी घोषणाको ७५ औँ वार्षिकोत्सवको स्मरण" गोष्ठी आयोजना गरिएको छ।

 सम्बन्धित केन्द्रीय र राज्य निकायहरू र केन्द्रीय सञ्चार विभागका प्रमुखहरू, मानवअधिकार क्षेत्रका विज्ञहरू र विद्वानहरू, सामाजिक संघसंस्थाका प्रतिनिधिहरूलगायत ७० भन्दा बढी अतिथिहरूले मानवअधिकारको विश्वव्यापी घोषणाको भावना, मानवअधिकारमा चीनको विकासको अनुभव,वर्तमान विश्वव्यापी मानव अधिकार विकास प्रवृत्ति र चुनौतीहरूबारे छलफल गर्नुभयो।

 सन् १९४८ को डिसेम्बर १० तारिखमा संयुक्त राष्ट्र संघ महासभाले ऐतिहासिक दस्तावेज "मानव अधिकारको विश्वव्यापी घोषणा" लाई पारित गरेको थियो। यस गोष्ठीमा उपस्थित अतिथिहरूले घोषणापत्रको पक्ष मुलुकको रूपमा चीनले ७५ वर्षदेखि घोषणापत्रमा सक्रिय सहभागिता, वकालत र अभ्यास गर्दै आएको बताए।