चीन-सिङ्गापुर द्विपक्षीय सहयोग संयन्त्रको बैठक हुँदै
2023-12-04 20:07:17cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा राज्य परिषद्का उपप्रधानमन्त्री तिङ स्येस्याङ्को निमन्त्रणामा सिंगापुरका उपप्रधानमन्त्री लाउरेन्स ओङले  डिसेम्बर 5 देखि 8 तारिखसम्म चीनको भ्रमण गर्नुहुनेछ।

 भ्रमण अवधिमा यी दुई उपप्रधानमन्त्रीहरुले ७ तारिख थ्यानचिनमा चीन-सिङ्गापुर द्विपक्षीय सहयोग संयुक्त समितिको १९औँ बैठक, चीन-सिङ्गापुर सहकार्य औद्योगिक पार्क संयुक्त समन्वय परिषद्को २४औँ बैठक र चीन-सिङ्गापुर सहकार्य औद्योगिक पार्क संयुक्त समन्वय परिषद्को बैठकको सह-अध्यक्षता उपप्रधानमन्त्री तिङले गर्ने कार्यक्रम छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ् वन पिनले ४ तारिख उक्त कुरा बताउनुभएको हो।