थाइल्याण्ड सरकारद्वारा चिनियाँ पर्यटकहरुलाई थाइल्याण्ड घुम्न निम्तो
2023-12-04 09:04:52cri
Share with:

नोभेम्बर १० तारिख “थाइल्याण्डको हिउँदकालीन पर्यटन महोत्सव तथा सन् २०२३ रंगीचंगी बैंककको हिउँदकालीन पर्यटन महोत्सव” को उद्घाटन समारोह थाइल्याण्डस्थित प्रधानमन्त्रीको भवनमा आयोजना गरिएको छ। थाइल्याण्डका प्रधानमन्त्री एवम वित्त मन्त्री, थाइल्याण्डको राष्ट्रिय नरम शक्ति रणनीतिक समितिका अध्यक्ष सेथा थाविसिनले उद्घाटन समारोहको अध्यक्षता गर्नुभएको छ।

हरेक वर्षको नोभेम्बरदेखि अर्को वर्षको जनवरीसम्म थाइल्याण्ड हिउँद ऋतुमा प्रवेश गर्छ, यो ऋतु एक वर्षमा सबैभन्दा आनन्ददायी तथा घुम्नका लागि सबैभन्दा सुहाउँदो ऋतु पनि हो। हिउँदकालीन पर्यटन महोत्सवको आयोजन गर्ने उद्देश्य विश्वका पर्यटकहरुले वर्षको अन्त्यमा थाइल्याण्डको भ्रमण गर्न सक्नु हो, जसबाट थाइल्याण्डको आर्थिक खम्बा तथा राष्ट्रिय नरम शक्तिको एउटा महत्त्वपूर्ण भागको रुपमा पर्यटन उद्योगको भूमिकालाई सबल पार्न सकिने छ।

चालू वर्षको नोभेम्बरदेखि अन्त्यसम्म थाइल्याण्ड सरकारले सम्पूर्ण देशका विभिन्न ठाउँहरुमा ३ हजार भन्दा बढी कार्यक्रमहरुको आयोजना गर्ने छ। तीमध्ये नव वर्ष समारोह, मेनाम नदीको ज्योति दर्शन,  अन्तर्राष्ट्रिय कला प्रदर्शनी, संग्रहालयको रात्रीकालीन दृश्य र म्याराथुन प्रतियोगिता समावेश छन्, ती कार्यक्रमहरु परम्परागत संस्कृति, कला, मिठो खाना, मनोरञ्जन, संगीत तथा खेलकुदसँग सम्बन्धित छन्। थाइल्याण्डका प्रधानमन्त्री सेथा थाविसिनले पर्यटन क्षेत्रमा थाइल्याण्डको विकासको विशाल निहित शक्ति रहेको बताउँदै थाइल्याण्ड सरकारले पूर्वाधारको निर्माण तथा निःशूल्क भिसा सम्बन्धी कदम चाल्ने बताउनुभयो।

हाम्रो लक्ष्य उक्त नीतिमार्फत् आर्थिक विकासलाई अघि बढाउने एउटा व्यवस्था मिलाउनु हो, जसबाट अरु बढी अन्तर्राष्ट्रिय पर्यटकहरुले थाइल्याण्ड घुम्नसक्ने छन्। हिउँदकालीन पर्यटन महोत्सवको अवधिमा ३ हजार भन्दा बढी कार्यक्रमहरुको आयोजना गरिने छ, तीमध्ये २ सय कार्यक्रमहरु बैंककमा आयोजना गरिने छ, यी कार्यक्रमहरुमा कला, मिठो खाना, संगीत, खेलकुद तथा मनोरञ्जन लगायत क्षेत्र समावेश छन्।

थाइल्याण्डको राष्ट्रिय पर्यटन व्यूरोकी प्रमुख थापानी किआटफाइबुलले थाइल्याण्डले चिनियाँ पर्यटकहरुलाई थाइल्याण्ड घुमाउने तयारी गरिसकेको बताउनुभयो,

चिनियाँ पर्यटकहरुले यस्तो विशिष्ट कार्यक्रमहरुको अनुभव गर्न सक्ने आशा हामीले गरेका छौँ। उनीहरुलाई थाइल्याण्ड घुमाउनका लागि आवश्यक तयारी हामीले गरेका छौँ। उनीहरुलाई घुमघामको सबैभन्दा राम्रो अनुभव प्रदान गर्ने छौँ। तयारी कार्यमा तीन पक्ष समावेश छन्, पहिलो, हरेक क्षेत्रको सुरक्षाको संरक्षणलाई सबल पारिने छ। दोस्रो, थाइल्याण्डको पर्यटन सेवाको गुणस्तरलाई उकासिने छ, हामीले पर्यटकीय तत्व तथा पर्यटकीय स्थल लगायत स्रोतलाई पुन: मिलाएका छौँ, जसले चिनियाँ पर्यटकको सन्तुष्टीलाई बढाउने छ। र तेस्रो, चिनियाँ पर्यटकहरुलाई थाइल्याण्ड घुमाउनका लागि खुसीयाली अनुभव प्रदान गर्नेछौँ। चिनियाँ पर्यटकहरुलाई थाइल्याण्डमा स्वागत गर्दछौँ।

थाइल्याण्डको राष्ट्रिय नरम शक्ति रणनीतिक समितिकी उपाध्यक्ष फाएथोङथान चिनावाटले चिनियाँ पर्यटकहरुलाई थाइल्याण्ड घुम्न निम्त्याउनुभयो।

चिनियाँ पर्यटकहरु थाइल्याण्ड घुम्न हामीले हार्दिक रुपमा निम्त्याएका छौँ। यहाँ मिठो खाना हुनुका साथै उत्साही जनता पनि छन्। यसका साथै थाइल्याण्ड सुरक्षित पनि छ। चिनियाँ पर्यटकहरुले थाइल्याण्डमा घुम्दाको राम्रो अनुभव पनि लिनसक्नेछन्।