चीन-लाओस रेलमार्ग चीन-लाओस व्यापारिक र मानवीय आदान-प्रदानको महत्वपूर्ण इन्जिन बनेको छ: चीनको परराष्ट्र मन्त्रालय
2023-12-04 18:59:41cri
Share with:

डिसेम्बर ३ तारिख चीन-लाओस रेलमार्ग संचालनमा ल्याएको दोस्रो वार्षिकोत्सव हो। तथ्यांक अनुसार, २ वर्षयता चीन-लाओस रेलमार्गबाट २ करोड ४२ लाख यात्रुलाई ओसारपसार गर्नुका साथै २ करोड ९१ लाख टन सामान ढुवानी गरिएको छ।

 ४ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले पत्रकारसँग कुराकानी गर्दै दुई वर्षयता चीन-लाओस रेलमार्ग चीन-लाओस आर्थिक तथा व्यापारिक सहयोग र मानव आदान-प्रदानलाई बढाउने महत्वपूर्ण इन्जिन बनेको व्यक्त गर्नुभयो।

 प्रवक्ता वाङ वनपिनले चीन-लाओस रेलमार्ग कार्गो यातायात लाओस, थाइल्याण्ड, भियतनाम र म्यानमार लगायत "बेल्ट एण्ड रोड" को सह-निर्माण गर्ने १२ देशमा फैलिएको भन्दै चीन र इन्डो-चीन प्रायद्वीप मुलुकले "बेल्ट एण्ड रोड" को सह-निर्माण गर्ने इन्जिनको रूपमा रहेको चीन-लाओस रेलमार्गले अघि बढेर अरू बढी क्षेत्रीय मुलुकको विकास र समृद्धिलाई बढाउने अपेक्षा चीनले लिएको दोहोर्याउनुभयो।