कोप-२८ बाट सक्रिय उपलब्धि हासिल गर्न चीनको प्रयास
2023-12-04 18:46:20cri
Share with:

डिसेम्बर १ र २ तारिख विश्व जलवायु कार्य शिखर सम्मेलन संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना गरियो। चीनका उप-प्रधानमन्त्री तिङ स्युएस्याङले उपस्थित भएर सम्बोधन गर्नुभएको छ।

 यसैबीच ४ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले उप-प्रधानमन्त्री तिङ स्युएस्याङबाट वचनवद्धता अनुरुप विश्व जलवायु शासनको लागि महत्वपूर्ण योगदान गर्नुका साथै विश्व जलवायु शासनबारे तीन प्रस्ताव प्रस्तुत गरिएको जानकारी दिनुभएको छ।

 प्रवक्ता वाङ वनपिनका अनुसार, उप-प्रधानमन्त्री तिङ स्युएस्याङको सम्बोधनबाट जलवायु परिवर्तनको सामना गर्ने र विश्व जलवायु शासनको नेतृत्व गर्ने चीनको जिम्मेवारी प्रतिबिम्बित गरिएको छ र कोप- २८ को सक्रिय उपलब्धि हासिल गर्न, प्यारिस सन्धिको प्रभावकारी रूपमा पालना गर्न र स्वच्छ तथा सुन्दर विश्वको संयुक्त रचना गर्न मद्दत पुग्नेछ।