चीन बुझाइ अन्तर्राष्ट्रिय सम्मेलन २०२३ सम्पन्न
2023-12-04 10:07:49cri
Share with:

डिसेम्बर ३ तारिख चीन बुझाइ अन्तर्राष्ट्रिय सम्मेलन २०२३ चीनको क्वाङ चौ शहरमा सम्पन्न भएको छ। ३० वटा मुलुक तथा क्षेत्रका ६०० जना अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता रहेको उक्त सम्मेलनमा चिनियाँ तथा विदेशी व्यक्तित्वहरूले चीनको कथालाई विदेशीहरूसमक्ष सुनाएका छन्, चीनको आधुनिकीकरणको विकास उपलब्धिबाट विश्वमा परेको सकारात्मक प्रभावबारे जानकारी गराएका छन्।

चीनका लागि भारतका पूर्व राजदूत अशोक कान्ठाले चीन अमेरिकापछि विश्वको सबैभन्दा ठूलो आर्थिक समूह भएको भन्दै चीनको विकासले विश्व अर्थतन्त्रका लागि ठूलो योगदान दिएको बताउनुभयो।

पाकिस्तान सिनेटको रक्षा समितिका अध्यक्ष एवम् पाकिस्तान-चीन संघका अध्यक्ष मुशाहिद हुसैन सैयदले राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको विश्व विकास प्रस्ताव, विश्व सुरक्षा प्रस्ताव र विश्व सभ्यता प्रस्तावबाट विभिन्न मुलुकको भाग्य फेरेको देख्नपाएको तथा सबै एउटै समुदाय भएको र कुनै पनि मुलुक अलग भएर बस्न नसक्ने पनि बताउनुभयो।