कर्णाली नदीमा विश्वकै लामो र्‍याफ्टिङ हुने
2023-12-04 16:29:40cri
Share with:

अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट २०२४ मार्च ८ देखि १३ तारिख सम्म नेपालमा हुने भएको छ। नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज, नेपाल नदी संरक्षण संस्था एनआरसिटी र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड द ग्रेट कर्णाली क्वेस्ट, २०२४ हुन लागेको हो।

 नाराले काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै कर्णाली क्षेत्रको पर्यटन प्रवर्द्धनको लागि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता लागेको जनाएको छ । प्रतियोगितामा १६ टिमको लागि फेब्रुअरी ५ देखि २४ सम्म खुला गरेको छ । अहिलेसम्म ६ अन्तर्राष्ट्रिय टिम सहभागिता हुने निश्चित भइरहेको पनि आयोजकले जनाएको छ । द ग्रेट कर्णाली क्वेस्ट दैलेख जिल्लाको आठबिस नगरपालिकाको राकम कर्णालीबाट कैलाली जिल्लाको दौलतपुर घाटसम्म राफ्ट दौडले कर्णाली नदीको किनारमा २४८ किलोमिटर पार गर्नेछ।

 पत्रकार सम्मेलनमा बोल्दै द ग्रेट कर्णाली क्वेस्टका अध्यक्ष मेघ आलेले विश्वका देशहरूको राफ्ट दौडको लागि कर्णालीमा आँखा रहेकाले तत्काल द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौड गर्न लागेको बताउनुभयो। उहाँले द ग्रेट कर्णाली क्वेस्ट दौडले कर्णालीको ब्रान्ड,आर्थिक पर्यटन र कर्णालीको दिगो पर्यटनलाई समेत जोड्ने बताउनुभयो । उहाँले कर्णाली नदीलाई सरकारले पनि संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष आलेले द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा ६ जनाको टिम हुने बताउनुभयो। उहाँले द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा भाग लिने टिमले ४५० डलर शुल्क तिर्नुपर्ने बताउनुभयो। उहाँले द ग्रेट कर्णाली क्वेस्टको पुरस्कार ३ हजार डलर राखिएकोमा ४ हजार डलर पुग्ने अपेक्षा रहेको बताउनुभयो। उहाँले द ग्रेट कर्णाली क्वेस्टको लाइभ समेत गरिनेछ। गोरखापत्र अनलाइन।