२४औँ चीन-ईयू नेताहरूको बैठक पैचिङमा हुने
2023-12-04 16:44:36cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले जानकारी दिनुभए अनुसार चीन र युरोपेली संघबीचको सहमतिमा डिसेम्बर ७ तारिख पैचिङमा २४औँ चीन-ईयू नेताहरूको बैठक आयोजना हुनेछ।

 चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले युरोपेली परिषद्का अध्यक्ष मिशेल र युरोपेली आयोगका अध्यक्ष भोन डर लेयनसँग भेटवार्ता गर्नुहुनेछ।  यसैगरी चीनका प्रधानमन्त्री ली छ्याङले मिशेल र भोन डर लेयनसँग बैठकको सह-अध्यक्षता गर्ने कार्यक्रम छ।