चीन र विदेशी विशेषज्ञः कृत्रिम बुद्धिमत्तामा विश्वको सहयोग चाहिने
2023-12-04 10:49:23cri
Share with:

कृत्रिम बुद्धिमत्ताको विकास कसरी गरिने छ? सन् २०२३ चीन बुझाइ अन्तर्राष्ट्रिय सम्मेलन डिसेम्बर १ तारिखदेखि ३ तारिखसम्म चीनको क्वाङ चौ सहरमा आयोजना भएको छ। कृत्रिम बुद्धिमत्ता र मानवजातिको भविष्य यस विषयकेन्द्रित प्राविधिक र प्राज्ञ क्षेत्रका देशीविदेशी अतिथिहरूले गहिरो रूपमा छलफल गरेका छन्। विशेषज्ञहरूले कृत्रिम बुद्धिमत्ता अझ बढी व्यवसायमा व्यापक प्रयोग हुने र मानवजातिको आर्थिक सामाजिक विकासला अघि बढाउने भए तापनि कृत्रिम बुद्धिमत्ता मानवजातिकेन्द्रित राम्रो क्षेत्रमा प्रयोग गर्नुपर्ने र विश्वले निगरानी र नियमन तय गर्न अन्तर्राष्ट्रिय सहयोग चाहिने बताएका छन्।

चाइना मिडिया ग्रूपअन्तर्गत सम्पादन समितिका सदस्य, चीनको राष्ट्रिय प्रयोगशालाका प्रमुख च्याङ वन पोले चाइना मिडिया ग्रूपले सिर्जना गरेकोसांस्कृतिक मेटाभर्सपरियोजनाबारे जानकारी दिएका छन्। यस परियोजना प्रविधि र संस्कृतिला जोड्ने अभ्यास भएबाट उचित तवरमा विश्वला चीनबारे जानकारी दिने एउटा नयाँ चौतारो स्थापना गरेको उनले औँल्याएका छन्।