'इम्पेरियल स्प्रिङ्स इन्टरनेसनल फोरम २०२३' लाई चिनियाँ राष्ट्राध्यक्ष सीको बधाई सन्देश
2023-12-04 11:26:16CRI
Share with:

डिसेम्बर ४ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ‘इम्पेरियल स्प्रिङ्स इन्टरनेसनल फोरम २०२३’ लाई बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा राष्ट्राध्यक्ष सी चिनफिङले सो फोरमबारे चर्चा गर्दै भन्नुभयोः आफ्नो स्थापनाकालदेखि नै इम्पेरियल स्प्रिङ्स इन्टरनेसनल फोरमबाट विश्वभरका अन्तर्दृष्टि भएका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याइएको छ र विश्व शान्ति र स्थायित्व, दिगो आर्थिक विकास, सांस्कृतिक आदानप्रदान र पारस्परिक सिकाइलाई प्रभावित गर्ने लगायतका धेरै विषयमा गहन छलफल भइरहेको छ। अन्तर्राष्ट्रिय सहयोगलाई बढाउन र जनता–जनताबीचको सम्बन्ध बढाउनका लागि सकारात्मक भूमिका खेलेको छ।

सबै अतिथिहरूले साँचो बहुपक्षीयताको अभ्यासलाई प्रोत्साहित गर्दै मानवजातिको साझा भाग्य समुदायको निर्माणमा योगदान दिँदै जाने आशा पनि सीले व्यक्त गर्नुभएको छ।

‘बहुपक्षीयता: अधिक आदानप्रदान, अधिक समावेशीता, अधिक सहयोग" भन्ने ‘इम्पेरियल स्प्रिङ्स अन्तर्राष्ट्रिय फोरम २०२३’ को मुख्य नारा हो। क्वाङतोङ प्रान्तीय सदरमुकाम क्वाङचौमा सुरु यस फोरमको सह-आयोजना चाइनिज एसोसिएसन फर फ्रेन्डसिप, अस्ट्रेलिया-चाइना फ्रेन्डसिप एण्ड एक्सचेन्ज एसोसिएशन, क्वाङ तोङ प्रान्तीय सरकार तथा वर्ल्ड लिडर्स एलायन्सले संयुक्तरूपमा गरेको हो।