क्युबाका प्रधानमन्त्री मारेरोको विशेष अन्तर्वार्ता
2023-12-04 11:25:00CRI
Share with:

डिसेम्बर १ तारिख, क्युबाका प्रधानमन्त्री म्यानुअल मारेरो क्रुजले बेइजिङमा विशेष अन्तर्वार्ता दिनुभएको छ। यो चीन भ्रमण मारेरो प्रधानमन्त्री बनेपछि पहिलो हो। चीन भ्रमणबारे बताउँदै उहाँले क्युबाकालागि चीनको विकास सिक्नलायक भएको व्यक्त गर्नुभयो। उहाँले औँल्याउनुभयो, क्युबाको विकासको केन्द्र पर्यटन हो, चिनियाँ पर्यटकलाई क्युबाले स्वागत गरिरहेको छ। चिनियाँ पर्यटकको स्वागतकालागि प्रधानमन्त्री मारेरोले चिनियाँहरूको एउटा विशेष बानी देखेर त्यसको प्रबन्ध मिलाउनुभएको छ। सोच्नुहोस् त्यो बानी के होला?

 

क्युबाली प्रधानमन्त्री मारेरो:

हाम्रो सपनालाई पूरा गर्नका लागि हामीले प्रयास गर्नुपर्छ। हामीले भविष्यमा ठूलो संख्यामा चिनियाँ पर्यटकहरूलाई क्युबाको भ्रमण गर्न स्वागत गर्नुपर्छ। हामीले भाषाको अवरोधलाई तत्काल समाधान गर्नुपर्छ। चिनियाँ नागरिकलाई क्युबा भ्रमण गर्नकालागि हामीले चिनियाँ सूचना चिन्हहरू राख्ने कि नराख्ने अध्ययन गरिरहेका छौँ र चिनियाँ सांस्कृतिक चलनहरू पनि हामीले अध्ययन गरेका छौँ। यसको अर्थ के हो भने सबै चिनियाँ चलनहरू क्युबामा सार्नुपर्दैन तर यी विवरणहरूलाई हामीले बेवास्ता गर्न सक्दैनौँ। उदाहरणकालागि, तातो पानी खाने बानी जुन हाम्रो विपरीत छ। तर हामीले साँच्चै के बुझ्नुपर्दछ भने चिनियाँ पर्यटकहरूलाई होटलमा थर्मस र तातो पानी उपलब्ध गराउनुपर्छ। धेरै संख्यामा चिनियाँ पर्यटकहरू भित्र्याउनकालागि हामी धेरै तयारीहरू गरिरहेका छौँ, ध्यानपूर्वक विचार गरेका विवरणहरू र प्रशिक्षित कर्मचारीहरूबारे हामीले विचार गरिरहेका छौँ।