सीमा क्षेत्रका वासिन्दा सुखमय गीत गाउँदै-१
2023-12-05 09:18:22cri
Share with:

“तुङ, तुङ, तुङ...” सानच्या गाउँमा वा जातीय काठे ड्रमबाट बलियो आवाज निस्किएको छ। यो सुखमय गाउँले प्रतिध्वनि हो।

चीन र म्यानमारको सिमा क्षेत्रमा अवस्थित युननान प्रान्तीय थङ छुङ शहरीय छिङश्वी बस्ती सान च्या गाउँ हान जाति र वा जाति मिश्रित बसोबास क्षेत्र हो। वा जातीय भाषामा यो गाउँको नामको उच्चारण समोला हो र यसको अर्थ सुखमय ठाउँ भन्ने हो। तर करिब ३० वर्षअघि गाउँलेहरू घाँसबाट बनाइएको झुपडीमा बस्थे। हाल सानच्या गाउँमा प्रवेश गर्ने सडक सफा हुनुका साथै वा जातीय भवन विचित्र तथा सुन्दर देखिन्छन्। विशेषतायुक्त साँस्कृतिक पर्यटनमार्फत् गाउँलेहरूको जीवन झन् झन् राम्रो बन्दैआएको छ।

बिहान सबेरै ह लेपोले कुखुरा फार्ममा कुखुरालाई चारो खुवाउँदै छन्। मकै खाइरहेका कुखुरा हेर्दा उनको अनुहारमा मुस्कानको उज्यालो छ। ह लेपो गाउँमा गरिबीमुक्त बासिन्दा बस्छन्। गरिबी निवारणपछि आय बढाउनका लागि उनले विभिन्न क्षेत्रमा काम गरेका थिए। सन् २०२१ मा ह लेपोलाई रोगले गाँजेकाले भारी शारीरिक श्रम गर्न सक्दैनथे। बुवाआमालाई भरण-पोषण गर्नुपर्ने र दुई बच्चालाई पढाउनुपर्ने भएकाले उनको जीवन ज्यादै कठोर बनेको थियो।

“मलाई आयवृद्धिमा सहयोग गर्नका लागि गाउँका प्रमुखले कुखुरा पालन सहकारीमा भाग लिन प्रोत्साहन गरेका थिए,” ह लेपोले भने। सहकारीमा भाग लिएर पशुपालन शिल्प पनि माथि उकासिँदै जाँदा हाल मासिक  आम्दानी लगभग ४००० युआन पुगेको छ।

ह लेपोले भनेको गाउँका प्रमुख छिङ श्वी जिल्लाका उपप्रमुख एवम् सान च्या गाउँका प्रमुख चाउ च्याछिङ हो। “जसले पिन कठिनाइको सामना गर्नुपर्छ। कठिन अवस्थामा उसलाई सहयोग गरेमा जीवनमा सुधार आउनेछ,” चाउ च्याछिङको ठहर छ। अकस्मात् कठिनाइ आइपरेका परिवारप्रति गाउँ समितिले अवस्था बमोजिम उनीहरूसँग अनुकुल उद्योगको विकास गरेर सबै गाउँलेसँग साझा विकास गर्न लगाउँछ।

गरिबी निवारण अभियान सुरू गरेदेखि गाउँमा कार्यरत अधिकारीहरूले गाउँको अवस्थाबारे विश्लेषण गरेर थङ छुङ शहरका लागि स्वास्थ्य पर्यटनको दिशा तोकेको छ। स्थानीय विकास लक्ष्यमा “आधारभूत प्रबन्धको पूरा गर्ने, विशेषतायुक्त उद्योगको विकास गर्ने र बसोबास वातावरणको सुधार गर्ने” निश्चित गरिएको छ।

च्याउ च्याछिङको जानकारीअनुसार, ग्रामीण पर्यटनको विकास गर्ने प्रारम्भमा केही बासिन्दाले बुझ्दैनथे र समर्थन दिंदैनथे। उहाँले नेतृत्व गरेर ग्रामीण होम्स्टेको स्थापना गर्नथाल्नुभयो। उहाँहरूले कृषि र पशुपालनलाई होम्स्टेसँग जोडेर विविध उद्योगको मेलमिलाप विकि गर्नुभएको छ।