चीनले गाजालाई उपलब्ध गराउने आपतकालीन सामग्री सहायताको प्रमाण पत्र हस्तान्तरण समारोह काइरोमा
2023-12-05 10:39:00cri
Share with:

गाजा क्षेत्रलाई आपतकालीन मानववादी सामग्री उपलब्ध गराउने सम्बन्धमा चीन सरकार र प्यालेष्टाइन सरकारबीचको प्रमाण पत्र हस्तान्तरण समारोह डिसेम्बर ३ तारिख इजिप्टको राजधानी काइरोमा आयोजना भएको छ। इजिप्टका लागि चिनियाँ राजदूत ल्याउ लीछ्याङ, इजिप्टका लागि प्यालेष्टाइनका राजदूत डियाब, इजिप्टको रेड क्रिसेन्टका महाप्रबन्धक लामीले उक्त समारोहमा भाग लिनुभएको छ।

इजिप्टका लागि चिनियाँ राजदूत ल्याउ लीछ्याङले प्यालेष्टाइन र इजरेल बीच भिडन्त भएयता चीनले दायित्वपूर्ण रूपमा ठूलो मुलुकको भूमिका सक्रियताका साथ निर्वाह गरेको र चीनले केही दिनअघि इजिप्टमार्फत गाजा क्षेत्रलाई खाद्यपदार्थ, औषधिआदि आपतकालीन मानववादी सामग्री उपलब्ध गराउने घोषणा गरेको तथा बिस्कुट, दूध, खानेपानीलगायतका सामग्री राफाह नाकामार्फत गाजा क्षेत्र पठाइने बताउनुभयो।

डियाबले प्यालेष्टाइन सरकार र जनताले चीनको सहायताप्रति कृतज्ञता व्यक्त गरेको बताउनुभयो।