चीन स्वच्छ ऊर्जाको क्षेत्रमा च्याम्पियनः अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुख
2023-12-05 14:47:12CRI
Share with:

सौर्य तथा वायु ऊर्जा जस्ता स्वच्छ ऊर्जा र विद्युतीय सवारी उद्योगको विकासमा चीनले उल्लेखनीय उपलब्धि हासिल गरेको छ र स्वच्छ ऊर्जाको क्षेत्रमा च्याम्पियन नै बनेको छ। उक्त कुरा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुख फातिह बिरोलले डिसेम्बर ४ तारिख आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क सन्धि (कोप २८) का सम्बद्ध मुलुकहरूको २८औँ सम्मेलन अन्तर्गत चाइना कर्नरमा भन्नुभएको हो।

'चक्र अर्थबाट कार्बन डाइअक्साइडको निष्काशन घटाउने अभ्यास' शीर्षकको साइड बैठकमा बिरोलले यसरी औँल्याउनुभयोः चीनले स्वच्छ ऊर्जाको क्षेत्रमा धेरै उल्लेखनीय उपलब्धि हासिल गरेको छ। साथै चीनको महत्त्वपूर्ण योगदान भनेको स्वच्छ ऊर्जा उपकरणको बजार मूल्यलाई घटाउनु हो जसले विश्वका अन्य मुलुकमा स्वच्छ ऊर्जाको विकासका लागि सहयोग गरेको छ।

गत अक्टोबर महिनामा सार्वजनिक गरिएको ‘जलवायु परिवर्तनसम्बन्धी चीनको नीति तथा कार्य प्रतिवेदन २०२३’ अनुसार, सन् २०२२ को अन्त्यसम्ममा चीनको गैरजीवाश्म ऊर्जा खपत सम्पूर्ण उर्जा खपत परिमाणको १७.५ प्रतिशत थियो भने नवीकरणीय ऊर्जाको कूल उत्पादन क्षमता १.२१३ अर्ब किलोवाट पुगेको छ। चालू वर्षको जुन महिनाको अन्त्यसम्ममा, चीनभरि नयाँ ऊर्जा गाडीहरूको संख्या १.६२ करोड पुगेको जनाइएको छ।