चीनका राष्ट्राध्यक्ष सी र बेलारुसका राष्ट्रपति लुकाशेन्काबीच भेटवार्ता
2023-12-05 15:39:47CRI
Share with:

डिसेम्बर ४ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले त्याउ यू थाइ स्टेट गेस्टहाउसमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर ग्रिगोरिभिच लुकाशेन्कासँग भेटवार्ता गर्नुभएको छ।

उक्त भेटमा, राष्ट्राध्यक्ष सीले गत फेब्रुअरीको अन्तमा बेलारुसका राष्ट्रपतिले गर्नुभएको चीन भ्रमणको सम्झना गर्नुभएको थियो। त्यस भ्रमण क्रममा, चीन र बेलारुस बीचको सम्बन्धको उच्चस्तरीय विकासलाई बढाउने महत्वपूर्ण सहमति भएको पनि औँल्याउनुभयो।

उहाँले भन्नुभयो, विगत एक वर्षमा, दुई देशबीचको राजनैतिक आपसी विश्वास सबल हुँदै गएको छ, अन्तर्राष्ट्रिय सहकार्यहरू पनि घनिष्ठ हुँदै गएका छन्। चीनले चीन बेलारुस सम्बन्धलाई सधैँ रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्ने गरेको छ, बेलारुसलाई आफ्नो राष्ट्रिय परिस्थितिअनुकूल विकासको मार्गमा अग्रसर गराउन दृढतापूर्वक समर्थन गर्दछ र बेलारुसको आन्तरिक मामिलामा बाह्य शक्तिहरूको हस्तक्षेपको विरोध गर्दछ, राष्ट्राध्यक्ष सीले भन्नुभयो। चीन बेलारुससँग रणनीतिक सहयोगलाई मजबुत बनाउन, एकअर्कालाई दृढतापूर्वक समर्थन गर्न, व्यावहारिक सहयोगलाई अगाडि बढाउन र चीन बेलारुस सम्बन्धलाई अझ प्रगाढ बनाउन तयार छ।

सीले जोड दिँदै भन्नुभयो, मैले १० वर्षअघि बेल्ट एण्ड रोड पहलको प्रस्ताव गरेको थिएँ, अहिले १५० भन्दा बढी देशले यसमा सहभागिता जनाइसकेका छन्।

केही समयअघि मैले उच्च गुणस्तरीय बेल्ट एण्ड रोड सहयोगलाई सँयुक्तरूपमा स्थापना गर्न ८ बुँदे योजना अघि सारेको थिएँ र विकासका थप ठोस अवसरहरू प्राप्त गर्न बेलारुसको निरन्तर सक्रिय सहभागितालाई म स्वागत गर्दछु, सीले भन्नुभयो।

चीन र बेलारुस विश्वव्यापी शासन प्रणालीको सुधार र निर्माणमा संलग्न महत्वपूर्ण शक्तिहरू हुन्।

संयुक्त राष्ट्रसंघ, शाङहाई सहयोग संगठनजस्ता बहुपक्षीय संयन्त्रमा बेलारुससँग समन्वय र सहकार्यलाई मजबुत बनाउन, विश्वव्यापी विकास पहल, विश्वव्यापी सुरक्षा पहल र विश्वव्यापी सभ्यता पहलको कार्यान्वयन र मानवजातिको साझा भविष्यसहितको समुदायको निर्माणलाई अगाडि बढाउन चीन तयार छ।

दुवै देशका राष्ट्रप्रमुखले युक्रेन संकटलगायतका विषयहरूमा छलफल गर्नुभएको छ।