बेलायतका विशाल पाण्डा "याङ् क्वाङ" र "थेनथेन" चीन फर्किएका छन्
2023-12-05 18:38:21cri
Share with:

पैचिङ समय अनुसार डिसेम्बर ५ तारिख बिहान बेलायतबाट आएका विशाल पाण्डा "याङ् क्वाङ" र "थेनथेन" छङ् तु स्वाङल्यौ विमानस्थलमा सुरक्षित रूपमा आइपुगेका छन्। थाहाभए अनुसार सन् २०११को डिसेम्बरमा स्कटल्याण्डको रोयल जुलोजिकल सोसाइटी र चीन वन्यजन्तु संरक्षण संघ बीच भएको सम्झौता अनुसार, "याङ् क्वाङ" र "थेनथेन"ले एडिनबर्ग चिडियाखानामा १२ वर्ष बिताएका छन्।