चिनियाँ प्रतिनिधि र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवबीच भेटवार्ता
2023-12-06 15:59:53cri
Share with:

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधिमण्डलबीच मंगलबार भेटवार्ता भएको छ।

 राजदूतावासका काउन्सुल फर कन्सुलर अफेयरका वाङ तोङको नेतृत्वको टोलीलाई सदस्यसचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गर्नुभएको हो। भेटका अवसरमा चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुने दुई देशबीचको मैत्रीपूर्ण फुटबल आयोजनाका विषयमा छलफल भएको थियो। नेपालको यू–२१ पुरुष टोली फुटबल टोली तथा चीनको छोङछिङको व्यवसायिक र यसु फुटबल टिमको यू–२१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो। चिनियाँ नयाँ वर्षका अवसरमा साँस्कृति आदानप्रदानलगायत विविध कार्यक्रम पनि हुने जनाइएको छ।

 चिनियाँ पक्षले मैत्रीपूर्ण फुटबल प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गराउन प्रस्ताव गरेका छन्। त्यसका लागि प्रतिनिधि मण्डल टोलीले दशरथ रंगशालाको अवलोकन पनि गरेको थियो। सदस्यसचिवले टोलीको प्रस्तावमा आफू सकारत्मक रहेको बताउँदै कार्यक्रमलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अन्नपूर्णपोस्टले लेखेको छ। भेटमा दूतावासका प्रहरी सम्पर्क अधिकारी छन हान, ओभरसिज चाइनिज एसोसिएसन अफ नेपालका अध्यक्ष, चिन छियोतोङ र उपाध्यक्ष कु यिङमिन सहभागी थिए।