सन् २०२४ सिएमजी वसन्त महोत्सव गाला शुभंकर तथा सम्बन्धित सांस्कृतिक र रचनात्मक उत्पादनहरू आधिकारिक रूपमा अनावरण
2023-12-06 16:55:10cri
Share with:

डिसेम्बर ६ तारिख सन् २०२४ सिएमजी वसन्त महोत्सव गाला शुभंकर तथा सम्बन्धित सांस्कृतिक र रचनात्मक उत्पादनहरू विमोचन समारोह पैचिङमा आयोजित भयो। सन् २०२४ ड्र्यागन वसन्त महोत्सव गालाको शुभंकर छवि "लोङ(ड्र्यागन)छन छन" , वसन्त महोत्सव गालाको लागि विशेष राशि उपहार सहित ड्र्यागन वर्षको लागि नयाँ सांस्कृतिक र रचनात्मक श्रृंखला उत्पादनहरूको पनि अनावरण गरिएको छ।

 

चाइना मिडिया ग्रुपका उपनिर्देशक वाङ स्याउ चन र हु चिन च्युनले उद्घाटन समारोहमा भाग लिएर २०२४ वसन्त महोत्सव गाला शुभंकर र सिएमजीको सांस्कृतिक र रचनात्मक ड्र्यागन वर्षका नयाँ उत्पादनहरू अनावरण गर्नुभएको थियो।