जलवायु परिवर्तनको सामना गर्ने वचन चीनद्वारा पालना गरिने
2023-12-06 16:18:52cri
Share with:


सेप्टेम्बरको अन्तसम्म चीनको नयाँ स्थापित वायु ऊर्जा क्षमता लगातार १४ वर्षदेखि विश्वमा पहिलो स्थानमा रहेको छ र यसको संचिति क्षमताले विश्व बजारको आधाभन्दा बढी हिस्सा ओगटेको छ भने लगातार १३ वर्षदेखि विश्वमा पहिलो स्थानमा रहेको छ। हाल विश्वको स्थापित फोटोभोल्टिक ऊर्जा उत्पादन क्षमताको झन्डै आधा चीनमा छ, विश्वको आधाभन्दा बढी नयाँ ऊर्जा वाहन चीनमा चलिरहेका छन् र विश्वको नयाँ हरित क्षेत्रको एक चौथाई चीनबाट आउँछ……

ती तथ्यांकबाट दुबाईमा आयोजित संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन प्रारूप सन्धिका सदस्यबीचको २८औँ सम्मेलन अर्थात कोप२८मा चीनको योगदान कसरी सबैको ध्यान तानिएको भनेर देख्न सकिन्छ।

हाल पृथ्वीका हरेक प्राणीको सीधा अनुभव छ अर्थात् मौसमको चरमोत्कर्ष बढिरहेको छ र जलवायु परिवर्तन वास्तविक संकट बन्दैछ। यो चुनौतीको सामना गर्न कोप२८ले पेरिस सन्धिको पालना मार्फत् अझ प्रभावकारी कार्यवाही चाल्न मानिसलाई ताकिता गर्न खोजेको छ।

विश्वको सबभन्दा ठूलो विकासोन्मुख मुलुकको रूपमा चीनले पेरिस सन्धि सम्पन्न र पालना गर्न प्रमुख भूमिका निर्वाह गरेको छ साथै दीर्घकालीन लक्ष्यको पालना गर्न प्रयास गरिरहेको छ। यसबाहेक चीनले विश्व जलवायु शासनलाई सक्रिय रूपमा अघि सारिरहेको छ र दक्षिण-दक्षिण सहयोगमार्फत अरू विकासोन्मुख मुलुकलाई समर्थन र  सहयोग प्रदान गरिरहेको छ।

किन चीन विश्व जलवायु शासनको वकालतकर्ता वा कार्यकर्ता बनेको छ? यो अरू कसैको माग होइन तर चीन स्वयंको इच्छा हो। किनभने मानव र प्रकृति मिलेर विकास भन्ने चिनियाँ परम्परागत विचार छ। जलवायु परिवर्तन चीनको दीगो विकासको आन्तरिक माग हो, चिनियाँ शैलीको आधुनिकीकरणको महत्वपूर्ण विशेषताहरूमध्ये रहेको छ। साथै मानव र प्रकृतिमा मेलमिलापयुक्त सहअस्तित्व छ। यो नै जिम्मेवार ठूलो मुलुकले गर्नुपर्ने अन्तर्राष्ट्रिय कर्तव्य पनि हो।

चीनले विश्व जलवायु परिवर्तनको सामना गर्न सक्दो प्रयास गर्नेछ। तापनि त्यसको लागि केही मुलुकको प्रयास मात्र अपुग छ तर बहु-पक्षीयतावाद र साझा तर भिन्न जिम्मेवारी लिएर सहयोगमा अडिग रहनुपर्छ।