प्यालेष्टिनी अधिकारीद्वारा चीनको सहायताप्रति कृतज्ञता व्यक्त
2023-12-06 11:05:06cri
Share with:

प्यालेष्टिनी अर्थ मन्त्री शुक्री बिशाराले डिसेम्बर ५ तारिख प्यालेष्टाइनले चीनलाई प्यालेष्टाइन समस्याको चौतर्फी र निष्पक्ष समाधानका लागि अझै ठूलो भूमिका निर्वाह गर्न स्वागत गरेको बताउनुभएको छ।

प्यालेष्टाइनका लागि चिनियाँ कार्यालयका प्रमुख चङ चिसिनले सोही दिन बिशारासँग चीन सरकारले प्यालेष्टाइन सरकारलाई दिने नगद सहायताको हस्तान्तरण पत्रमा हस्ताक्षर गर्नुभएको थियो। बिशाराले प्यालेष्टाइन सरकारको तर्फबाट चीनको सहायताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले चीन सरकारले प्यालेष्टिनी जनताको न्यायिक कार्यको दृढताका साथ समर्थन गरेकोमा प्रशंसा पनि गर्नुभयो।

चङ चिसिनले चीनले चौतर्फी रुपमा युद्ध विराम गर्न र युद्ध रोक्न निरन्तर रुपमा लागिरहेको तथा सर्वसाधारणको संरक्षण, मानववादी सहायताको प्रत्याभूति तथा राजनीतिक समाधानका लागि सक्दो प्रयास गर्ने कुरामा पनि जोड दिनुभयो।