वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता
2023-12-06 16:26:18cri
Share with:

 डिसेम्बर ६ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग टेलिफोन वार्ता गर्नुभयो।

 ब्लिन्केनले पूर्व अमेरिकी विदेशमन्त्री किसिन्जरप्रति श्रद्धाञ्जली व्यक्त गर्न चीनस्थित अमेरिकी दूतावासको भ्रमण गरेकोमा वाङ यीलाई धन्यवाद दिनुभयो। वाङ यीले भन्नुभयो,“डा. किसिन्जरले चीन र अमेरिकाले एकअर्कालाई सम्मान गर्नुपर्छ र आ-आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारीहरू पूरा गर्नुपर्छ भन्ने कुराको वकालत गरेको बताउनुभएको छ,उहाँले अमेरिकाले चीनको लागि थाइवान मुद्दाको महत्वलाई पूर्ण रूपमा बुझ्नुपर्ने कुरामा बारम्बार जोड दिनुभएको छ। ”

 राष्ट्राध्यक्ष सी चिनफिङ र राष्ट्रपति जो बाइडेनले सान फ्रान्सिस्कोमा सफलतापूर्वक भेट गरी भविष्यको लागि "सान फ्रान्सिस्को भिजन" निर्धारण गरेको बताउनुभयो, जुन कोशेढुङ्गा भएको पनि वाङ यीले बताउनुभयो। सान फ्रान्सिस्को बैठकको सकारात्मक प्रभावलाई निरन्तरता दिन र दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई कार्यान्वयन गर्नु अहिले दुवै पक्षका लागि महत्त्वपूर्ण कार्य भएको पनि उहाँले औंल्याउनुभयो।

 दुबै पक्षले प्यालेस्टाइन-इजरेली द्वन्द्वमा विचार आदानप्रदान गरे र मध्य पूर्वको स्थितिमा सञ्चार कायम राख्न सहमति पनि जनाए।