चीनका परराष्ट्रमन्त्री वाङ यीद्वारा बेलायतका परराष्ट्रमन्त्री क्यामरोनसँग टेलिफोन वार्ता
2023-12-06 15:14:36CRI
Share with:

डिसेम्बर ५ तारिख, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवन् चीनका परराष्ट्रमन्त्री वाङ यीले बेलायत परराष्ट्रमन्त्री डेविड विलियम डोनाल्ड क्यामरोनसँग टेलिफोन वार्ता गर्नुभएको छ।

सो क्रममा, परराष्ट्रमन्त्री वाङ यीले चीन र बेलायत दुवै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य भएको र अन्तर्राष्ट्रिय शान्ति र स्थिरता कायम गर्ने महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो। चीन र बेलायतबीचको स्थिर र स्वस्थ सम्बन्धको विकास दुई देशका जनताको मौलिक र दीर्घकालीन हितका लागि सकारात्मक रहेको र विश्व शान्ति र समृद्धिको प्रवर्द्धनका लागि रणनीतिक र विश्वव्यापी महत्व बोकेको पनि बताउनुभयो। चीन र बेलायत एकअर्काको विकासका लागि अवसर हुन्। बेलायतले चीनबारे सही बुझाइ स्थापित गर्ने र द्विपक्षीय सम्बन्धको विकासको दिशालाई बुझ्ने आशा छ, परराष्ट्रमन्त्री वाङ यीले भन्नुभयो।

क्यामरोनले आजको विश्वका कुनै पनि देशले एक्लै विश्वव्यापी चुनौतीहरूको सामना गर्न नसक्ने भन्दै बेलायत र चीनबीचको आदानप्रदान र सहकार्य दुवै पक्षको हितमा रहेको औँल्याउनुभयो। क्यामरोनले भन्नुभयो, बेलायत चीनसँग सम्बन्ध विकास गर्न प्रतिबद्ध छ र चीनसँग आदानप्रदान गर्न इच्छुक छ। बहुपक्षीयताका लागि चीनको समर्थनलाई बेलायत सराहना गर्दछ र अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा चीनले थप भूमिका खेल्ने बेलायतले अपेक्षा गरेको छ।

दुवै नेताले युक्रेन संकटलगायतका विषयहरूमा पनि विचार आदानप्रदान गर्नुभएको छ। सो क्रममा, वाङ यीले शान्ति वार्तालाई बढावा दिने चीनको निरन्तर अडान दोहोर्‍याउनुभयो र चीनको वैधानिक अधिकार र हितलाई कमजोर पार्ने र एकपक्षीय प्रतिबन्धको दुरुपयोग गर्ने कुनै पनि कार्यलाई चीनले विरोध गर्ने कुरामा जोड दिनुभयो।