चीनका राष्ट्राध्यक्ष सीद्वारा युरोपेली परिषदका अध्यक्ष मिचेल र युरोपेली संघका अध्यक्ष भोन डेर लेयेनसँग भेटवार्ता
2023-12-07 15:53:39CRI
Share with:

डिसेम्बर ७ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले त्याउ यू थाइ स्टेट गेस्टहाउसमा २४औँ चीन-युरोपेली संघ नेताहरूको वार्तामा सहभागी हुन चीन आउनुभएका युरोपेली परिषदका अध्यक्ष चाल्स मिचेल र युरोपेली संघका अध्यक्ष उरसुला भोन डेर लेयेनसँग भेटवार्ता गर्नुभएको छ।

सी चिनफिङले वर्तमान विश्व एक शताब्दीमा नदेखिएका ठूला परिवर्तनहरूबाट गुज्रिरहेको व्यक्त गर्नुहुँदै चीन र ईयू बहुध्रुवीयतालाई अघि बढाउने दुई प्रमुख शक्तिहरू तथा विश्वव्यापीकरणलाई समर्थन गर्ने दुईटा प्रमुख बजारहरू र विविधताको वकालत गर्ने दुई प्रमुख सभ्यताहरू भएको औँल्याउनुभयो। चीन- ईयू बीचको सम्बन्ध विश्व शान्ति, स्थायी र समृद्धिका लागि महत्वपूर्ण रहेको औँल्याउनुहुँदै दुई पक्षले विश्वकालागि थप स्थिरता प्रदान गर्नुपर्ने, विकासका लागि शक्ति थप्नुपर्ने र विश्वव्यापी शासनका लागि थप समर्थन गर्नुपर्ने बताउनुभयो।  

चालु वर्ष चीन र युरोपेली संघबीच व्यापक रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थापना भएको २०औँ वार्षिकोत्सव हो। एउटा नयाँ सम्बन्धको प्रारम्भिक बिन्दुमा उभिएर दुवै पक्षले ऐतिहासिक अनुभवहरूबाट सिक्नुपर्छ, विश्वको प्रवृत्तिलाई बुझ्नुपर्छ, बुद्धि र जिम्मेवारी देखाउनुपर्छ तथा व्यापक रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको सही स्थितिको पालना गर्नु आवश्यक छ, राष्ट्राध्यक्ष सीले भन्नुभयो।