अन्तर्राष्ट्रिय समन्वय प्रणालीमार्फत् चीनको अर्थतन्त्र बुझिने
2023-12-07 15:57:36cri
Share with:

अन्तर्राष्ट्रिय समन्वय प्रणालीमार्फत चीनको अर्थतन्त्र बुझ्न सजिलो छ। आर्थिक वृद्धि एक सहज सूचक हो। यस वर्षका अघिल्ला ३ त्रैमासिकमा चीनको आर्थिक वृद्धि दर गत वर्षको सोही अवधिको तुलनामा ५.२ प्रतिशत पुगेको छ। यसका साथै अमेरिका र युरोपेली क्षेत्रको आर्थिक वृद्धि दर छुट्टाछुट्टै गरी २.४ प्रतिशत र ०.५ प्रतिशत पुगेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष, आर्थिक सहयोग तथा विकास संगठनले हाल बेग्ला बेग्लै गरी सन् २०२३ चीनको आर्थिक वृद्धि अपेक्षालाई ५.४ प्रतिशत र ५.२ प्रतिशतसम्म उकासेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व आर्थिक विकासमा चीनको योगदान दर ३० प्रतिशत पुग्ने अनुमान गरेको छ। चीनको आर्थिक आउटलुकबारे अधिकाँश अन्तर्राष्ट्रिय एकाइले आ-आफ्नो प्रक्षेपण गरेका छन्।

 अन्तर्राष्ट्रिय व्यवसाय हेरौँ, जसको सबैभन्दा संवेदनशील बजार भावना छ। गत जनवरीदेखि अक्टोबरसम्म चीनमा नयाँ थपिएका वैदेशिक लगानी व्यवसायको संख्या ४१ हजार ९ सय ४७ पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ३२.१ प्रतिशत बढेको छ। धेरै अन्तर्राष्ट्रिय व्यवसायको विचारमा चीनमा व्यापार व्यवसाय गर्न निकै सुविधाजनक छ।

 

सुविधाबाट लाभ पाइन्छ। चीन विश्वको दोस्रो ठूलो उपभोग बजार र सबभन्दा ठूलो अनलाइन खुद्रा बिक्री बजार हो। अनुमान अनुसार, अघिल्ला ५ वर्षयता चीनको वैदेशिक प्रत्यक्ष लगानीको लाभ दर ९.१ प्रतिशत पुगेको छ यसका साथै युरोप र अमेरिकाको लगभग ३ प्रतिशत पुगेको छ।  ब्राजिल, दक्षिण अफ्रिका, भारतलगायत नव उदीयमान आर्थिक समूहको लगभग ४ प्रतिशतदेखि ८ प्रतिशतसम्म पुगेको छ। यसबाट चीनमा विदेशी लगानीको प्रतिक्रिया दर विश्वव्यापी अपेक्षाकृत उच्च स्तरमा पर्छ।अन्तर्राष्ट्रिय समन्वय प्रणालीमा राखेर चीनको अर्थतन्त्र हेर्न अझ स्पष्ट छ। जर्ज बुश फाउन्डेशन अमेरिका-चीन सम्बन्ध कोषका अध्यक्ष नील बुशले भन्नुभए झैँ चीनको अर्थतन्त्रको ठूलो लचकता कायम छ र वृद्धिलाई कायम राख्न अनुकूल कारक पनि छन् साथै सरकारसँग पर्याप्त नीति नियन्त्रण उपकरण छ त्यसैले म चिनियाँ अर्थतन्त्रप्रति धेरै आशावादी छु।